कांग्रेस नेता खाँडले भने- सर्प, विच्छी र भ्यागुतोको सरकार धेरै टिक्दैन

कांग्रेस नेता खाँडले भने- सर्प, विच्छी र भ्यागुतोको सरकार धेरै टिक्दैन
भैरहवा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवंम पूर्वमन्त्रि बालकृष्ण खाँडले बर्तमान गठबन्धन सरकार लामो समय नटिक्ने बताएका छन् । नेकपा एमाले नेतृत्वको एमाओवादी, फोरम लोकतान्त्रीक र राप्रपा नेताल तथा राप्रपा सहितको गठबन्धनबाट बनेको सरकारलाई सर्प, विच्छी र भ्यागुतोको संज्ञा दिदै अप्रकृतिक रुपमा बनेको सरकार लामो समय नटिक्ने बताए ।

नेपाली कांग्रेस रुपन्देहीले महानचार्ड दशै ,तिहार र छठ पर्वको अवरसरमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेतृत्वको कमजोरी र एमालेको घमण्डका कारण यस्तो हुन गएको बताए ।

उनले मुलुककै सबैभन्दा ठुलो पार्टि बाहिर बसेको र सानातीना पार्टिहरुले सरकार चलाएको भन्दै यो सरकारमा लोकतन्त्र विरोधीहरुको संलग्नता रहेकाले यो गठबन्धन लामो समयसम्म नटिक्ने दावि गरे । यद्धपि संविधान कार्यान्वयनमा भने आफ्नो पार्टिले सरकारलाई भरपुर सहयोग गर्ने उनको भनाई छ । नेता खाँडले सरकार निर्माणका क्रममा आफ्नो पार्टिले पनि अपरिपक्वता प्रदर्शन गरेको स्विकार्दै अबका दिनमा त्यसलाई सुधारिने बताए ।

चियापानमा नेपाली काग्रेसका नेता तथा कार्यकता सहित बिभिन्न पार्टीका प्रमुख एवम प्रतिनिधि, प्रशाशनिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा नेपाली कांगेस रुपन्देहीका जिल्ला सभापति अब्दुल रज्जाकले संबिधान निमार्णमा जस्तै अबका दिनमा पनि संगै सहयात्रा गरेर जानु पर्नेमा जोड दिएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget