यी हुन् चीनबाट पेट्रोल ल्याउन नदिने तीन मन्त्री

काठमाण्डु, २० असोज– दक्षिण छिमेकी भारतले नाकाबन्दी गरेपछि विकल्पका रुपमा उत्तर छिमेकी चीनबाट पेट्रोलियम पदार्थ ल्याउने प्रक्रिया सरकारका केही मन्त्रीहरुका कारण रोकिएको खुलासा भएको छ ।
Untitled-1
‘भारतसँग सम्बन्ध बिग्रने’ भन्दै मन्त्रीहरुले चीनबाट इन्धन ल्याउने प्रक्रिया अघि नबढाउन प्रधानमन्त्री सुशील कोइरालालाई समेत दबाब दिएका छन् । सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधि र आपूर्तिमन्त्री सुनीलबहादुर थापाले चीनबाट इन्धन ल्याउने प्रक्रिया अघि बढ्न नदिएका हुन् । यी तीनै मन्त्रीले भारतले नेपालमा नाकाबन्दी नगरेको र नेपालकै आन्तरिक समस्याका कारण सिमा क्षेत्रबाट हुने आपूर्ति रोकिएको दाबी गर्दै आएका छन् ।
चीनले असल छिमेकी नेपाललाई अप्ठेरो परेको भन्दै इन्धनसहित आवश्यक सबै प्रकारका सहयोग उपलब्ध गराउन तत्पर रहेको बताउँदै आएको छ ।
उसले कुन गुणस्तरको इन्धन चाहिने हो सो खुलाएर सम्झौता पत्र तयार गर्न नेपाल सरकारलाई पत्राचार नै गरेको छ । तर नेपाली पक्षले अझै स्पष्ट जवाफ दिएको छैन ।
चीनले केरुङमा पर्याप्त इन्धन स्टक रहेको भन्दै तत्कालै नेपाल पठाउन सकिने जानकारी नेपाली अधिकारीहरुलाई दिएको थियो ।
भारतसँग समस्या समाधानका लागि वार्ता भइरहेको र चीनबाट इन्धन आयात गर्दा भारतसँगको सम्बन्ध बिग्रने भउकाले तत्काल सम्झौता गर्न नसकिने जवाफ मन्त्रीहरुले भने चिनियाँ राजदूत उ चुन्ताइलाई गराइसकेका छन् । चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीदेखि विदेश मन्त्रालय, नेपालस्थित दूतावनस र ल्हासामा रहेको महाबाणिज्य दूतावासले समेत नेपाललाई हरेक तहबाट सहयोग गर्न तयार रहेको सन्देश पठाइरहेका छन् । तर भारत थप चिढिने भन्दै नेपालले चीनबाट सहयोग ल्याउन चाहिरहेको छैन । स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत चीनबाट इन्धन ल्याउने प्रक्रिया अघि बढाउन प्रधानमन्त्री सुशील कोइरालाको ध्यानाकर्षण गराएका छन् । जवाफमा प्रधानमन्त्रीले आपूर्ति मन्त्रालयलाई त्यसबारे तयारी गर्न भनेको बताएका थिए ।
source: imgur.com
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget