भारतले दिने भो सस्तोमा बिजुली

१४ कात्तिक, काठमाडौं । भारतले यस वर्षको हिउँदमा नेपाललाई गत वर्षभन्दा सस्तोमा बिजुली दिने भएको छ ।

भारतीय उर्जा दलाल कम्पनी पीटीसीले यस वर्षको हिउँदका ६ महिना प्रतियुनिट पाँच रुपैयाँ ६० पैसा(भारु ३.५०) मा बिजुली दिन लागेको हो । गत वर्ष भारतले प्रतियुनिट ६ रुपैयाँ (भारु ३.७५) मा बिजुली दिएको थियो ।
नेपाल विद्युत प्राधिकरणले टनकपुरबाट प्रतियुनिट पाँच रुपैयाँ ६० पैसामा ३५ मेगावाटसम्म बिजुली खरिद गरी आयात गर्नेछ । प्राधिकरणका विद्युत व्यापार विभागका निर्देशक अनिल राजभण्डारीसहितको टोली बिहीबार पीटीसीसँग व्यापार सम्भौता गर्न भारत गएको नयाँ पत्रिकामा खबर छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले यस वर्ष भारतमा बिजुलीको मूल्य घटेकाले नेपालमा आयात हुने मूल्य पनि सस्तो भएको जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget