नेपालले चीनबाट तेल ल्याउने सम्झौता गरे पछि भारत तर्सियो


काठमाडौं । चीनबाट पनि इन्धन ल्याउन समझदारी (एमओयू) भएको भोलिपल्टै भारतीय आयल कर्पोरेसन्स (आईओसी)ले भारत गएका अधिकांश ट्यांकरमा पेट्रोलियम पदार्थ भरिदिएको छ ।

नेपाल आयल निगमका अनुसार बिहीबार इन्धन ल्याउन भारत गएका १ सय ८ मध्ये ८३ ट्यांकरमा आईओसीले इन्धन भरिदिएको हो । ‘केही दिनअघिको तुलनामा आपूर्ति बढाएको छ’, निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र शाहले भने । ती ट्यांकर सिलगढी, बेतालपुर, बरौनी र गोन्डामा लोड भएका हुन् ।

एक महिनायता आईओसीले आवश्यकताको १० प्रतिशतमात्रै इन्धन दिँदै आएको थियो । निगमका अनुसार बिहीबार ९ ट्यांकर पेट्रोल, ६७ ट्यांकर डिजेल र ७ ट्यांकर हवाई इन्धन भरिएका छन् । भन्सारमा अवरोध नभए सबै ट्यांकर नेपाल भित्रिनेछन् ।

भारतले अघोषित नाकाबन्दीसँगै इन्धन लोड पनि कटौती गर्दै आएको थियो । केही साता १० प्रतिशत लोडको नीति लिएको आईओसीले केपी ओली प्रधानमन्त्री निर्वाचित भएको ३ दिनपछिसम्म ३५ प्रतिशत पुर्‍याएको थियो । त्यसपछि फेरि १० प्रतिशतमै झारेको थियो ।

IOCआईओसी र निगमबीच कुराकानी हुँदा पनि प्रतिबद्धताअनुसार इन्धन लोड हुन दिएको थिएन ।
नेपाल र चीनबीच बुधबार दुईपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएपछि भने आईओसी हच्किएको भारतीय सञ्चार माध्यमहरूको समेत बुझाइ छ । भारतीय अनलाइन पत्रिका बिजनेस स्ट्यान्डर्डका अनुसार आईओसी नेपाल जस्तो लामो समयको व्यापारिक साझेदारलाई गुमाउन चाहँदैन ।

तेल उद्योगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा पत्रकारहरूसँग छुट्ट्रै बोल्दै आईओसीका अध्यक्ष एवं प्रबन्ध निर्देशक बी अशोकले आपूर्ति बढाउने जानकारी समेत दिएको अनलाइनमा उल्लेख छ । ‘हाम्रो नेपालसँग चार दशक पुरानो सम्झौता छ । पछिल्लो समय आपूर्ति केही कम भएको छ । आन्दोलन केही कम हुनेबित्तिकै आपूर्ति बढाउँछौं’, उनलाई उद्धृत गर्दै अनलाइनले लेखेको छ । चीनसँग नेपालले गरेको समझदारीबारे भने उनले ‘पर्खौं र हेरौ’ भन्ने प्रतिक्रिया दिएको पनि उक्त अनलाइनले जनाएको छ । चीनसँगको सम्झैतापछि इन्धन आपूर्तिमा भारतको एकाधिकार तोडिएको छ ।

निगमले २०३१ सालबाट आईओसीबाट इन्धन आयात गर्दै आएको छ । सम्झैता पाँच वर्षमा नवीकरण हुन्छ । सम्झैताअनुसार नेपालले चाहेको अवस्थामा अन्य मुलुकबाट पनि इन्धन आयात गर्न सक्छ ।etajakhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget