केपीलाई सफल बनाउँछु, मलाई केही चाहिँदैन : वामदेव

१३ कात्तिक, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू एमालेको कार्यवाहक अध्यक्ष नबन्ने बताएका छन् । प्रधानमन्त्री ओलीलाई सफल बनाउन आफू निस्वार्थरुपमा लाग्ने गौतमले प्रतिवद्धता जनाएका छन् ।
‘मैले पार्टीको कार्यवाहक अध्यक्षको माग, आशय र अनुरोध कोहीसँग गरेको छैन, गर्ने पनि छैन,’ उपाध्यक्ष गौतमको भनाइ छ,’कमरेड केपीलाई सफल प्रधानमन्त्री बनाउन म उत्तिकै दृढतापूर्वक लाग्ने छु । र, यसमा कुनै शर्त र स्वार्थ छैन ।’
आफूले केपी ओलीलाई संसदीय दलको नेता र पार्टी अध्यक्ष बनाउँदा होस् या प्रधानमन्त्री बनाउँदा होस्, कुनै स्वार्थ र शर्तविनै सहयोग गरेको गौतमले स्पष्ट पारेका छन् ।
पूर्वउपप्रधानमन्त्री गौतम नेकपा एमालेका सबैभन्दा बरिष्ठ उपाध्यक्ष हुन् ।
ओलीले कसैलाई कार्यवाहक नदिने
यसैवीच विगतमा एक व्यक्ति एक पदको वकालत गर्दै आएका प्रधानमन्त्री केपी ओलीले पार्टीको कार्यबाहक अध्यक्षको जिम्मेवारी कसैलाई नदिने एमाले स्रोतले अनलाइनखबरलाई बतायो ।
एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले कार्यवाहक अध्यक्ष बन्ने चाहना राखेको बताइए पनि ओलीले प्रधानमन्त्री, संसदीय दलको नेता र पार्टीको अध्यक्ष तीनवटै पद आफैंले राख्न चाहेको एमाले सूत्रहरुको भनाइ छ ।onlinekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget