एमाओवादीको चेतावनीपछि पासाङ नै बने राष्ट्रपतिको उम्मेद्वार


काठमाडौं– एमाओवादीको चेतावनीपछि नेता नन्द किशोर पुन पासाङ नै उपराष्ट्रपतिको उम्मेद्वार बनेका छन् । पूर्वसहमति अनुरुप गठबन्धबाट सहयोग नभए गठबन्ध टुट्न सक्ने एमाओवादीले चेतावनी दिएपछि
विवादका बीचनै सत्ता गठबन्धन पासाङलाई उम्मेद्वार बनाउन राजी भएको हो । एमाओवादीको आज बिहान बसेको बैठकले उपराष्ट्रपति पदमा विभिन्न चलखेल भएको निश्कर्ष निकालेको थियो । पार्टी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बसेको बैठकले अन्तिम समयमा आएर अड्को थाप्ने प्रयास भएको ठहर गर्दै पासाङको विकल्पमा अरु कसैलाई पठाउन नसकिने र त्यसो भए गठबन्धन नै टुट्न सक्ने चेतावनी दिएको थियो । बिहिबार बसेको सत्ताधारी दल सम्मिलित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा उपराष्ट्रपति तराईका थारु, दलित, पिछडिएका जनजातिलाई दिने विषय उठेको थियो । तर, एमाओवादीले भने पासाङलाई नै राष्ट्रपति बनाउनुपर्ने अडान राखेको र आजको सत्ताधारीसँगको बैठकमा पनि सोहि विषयमा कडा रुपमा प्रस्तुत भएको थियो । एमाओवादीको चेतावनीपछि सत्ताधारी दलभित्रको विवादका बीचनै केहि बेरअघि सम्पन्न सत्ताधारी दलको बैठकले पासाङलाई नै उपराष्ट्रपतकिो उम्मेद्वार बनाउने निर्णय भएको छ । निर्णयसँगै एमाले बरिष्ठ नेता झलनाथ खनालको प्रस्ताव र राप्रपा नेपालका दीलनाथ गिरी र फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरीको समर्थनमा उनले उम्मेद्वारी दर्ता गराइसकेका छन् । पासाङको उम्मेदवारी दर्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्डलगायतका नेताहरु संसद भवन नयाँ वानेश्वर पुगेका थिए । उपराष्ट्रपतिको चुनाव भोलि हुँदैछ ।ratopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget