२५ असोज, काठमाडौं । नेपालका लागि भारतीय राजदूत राञ्जित रायले प्रधानमन्त्री केपी ओलीलाई वालकोटस्थित निवासमै पुगेर भेट गरेका छन् । राजदूत रायले नाकाबन्दी चाँडै हट्ने आश्वाशनसमेत दिएका छन् ।
प्रधानमन्त्री ओलीलाई भेट्न राजदूत राय सोमबार बिहानै बालकोट पुगेका थिए । उनले ओलीलाई प्रधानमन्त्री बनेकोमा बधाइ दिएका थिए ।
चिनियाँ राजदूतले आइतबार नै ओलीलाई भेटेर बधाइ दिएकोमा भारतीय राजदूत त्यसको भोलिपल्टमात्रै ओलीलाई भेट्न पुगेका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने आइतबार नै टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई बधाइ दिनुका साथै भारत भ्रमणको निम्तो दिइसकेका छन् ।
केपी ओलीसँग व्यक्तिगत रुपमा चिढिएका राजदूत रायले ओली प्रधानमन्त्री बनेपछि बधाइ दिन बाध्यमात्रै भएनन्, नाकाबन्दी चाँडै खोल्ने आश्वासन पनि दिए ।
भारतीय प्रधानमन्त्री मोदी नै नेपालसँगको सम्बन्ध सहज बनाउने भनिसकेपछि राय विवश देखएकिा छन् ।
भारतीय राजदूत रायले केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिन चलखेल गर्नुका साथै मधेसी, थारु लगायतका नेताहरुलाई दूताबासमा बोलाएर आन्दोलनका लागि उक्साउने प्रयास गर्दै आएका थिए ।
नेपालसँगको सम्बन्ध बिगारेको आरोपमा दिल्लीले उनलाई फिर्ता बोलाउने सम्भावना रहेको पनि सूत्रहरुले बताएका छन् ।
Post a Comment