भारतीय सीमा सुरक्षा बलले कुटपिट गर्नुका साथै पेस्तोलसमेत खोसे

ड्युटीमा रहेका एक प्रहरी सहायक निरीक्षकलाई आज दिउँसो ३ बजे भारतीय सीमा सुरक्षा बलले कुटपिट गर्नुका साथै पेस्तोलसमेत खोसेका छन् । इलाका प्रहरी कार्यालय, रानी विराटनगरका प्रहरी सहायक निरीक्षक प्रदीप गिरीलाई विराटनगरस्थित भन्सार कार्यालय नजिकबाट भारत जोगवनीका सीमा सुरक्षा बलका प्रहरीले तानेर भारतीय क्षेत्रमा लगी कुटपिट गर्नुका साथै पेस्तोल खोसेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यस घटनालगतै प्रजिअ गणेशराज कार्की र प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालले भारतको जोगवनीस्थित सीमा सुरक्षा बलको कार्यालयमा पुगेर घटनाको सम्बन्धमा जानकारी गराएको प्रहरी नायब उपरीक्षक प्रमोद खरेलले बताए ।
भारतीय सीमा सुरक्षा बलका प्रहरी उपरीक्षकले घटना दुःखदायी भएको र यस विषयमा छानबिन गरिने र अबदेखि भारतीय भूमिमा प्रवेश गरेर बन्दकर्तालाई ढुङ्गामुढा गर्न नदिने प्रतिबद्धता प्रकट गरेका थिए । तर खोसिएको पेस्तोल अहिलेसम्म उपलब्ध नभएको प्रहरी नायब उपरीक्षक खरेलले जानकारी गराए । यसैबीच, संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सीमावर्ती क्षेत्र विराटनगरमा आज दिउँसो झडपसमेत भएको थियो । सो झडपमा दुई जना प्रहरी र केही बन्दकर्ता घाइते भएका थिए । रासस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget