शुभ बिहानी ! हेर्नुस आजकोअाजकाे राशिफल / २०७२ माघ २८ गते बिहीबार


आजको पञ्चाङ्ग
वि.सं. २०७२ माघ २८ गते बिहीबार तदनुसार ई. सं. २०१६ फेब्रुवरी ११ तारिख,
किलक नामक संवत्सर, शाके :— १९३७, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :— ११३६, (सिल्लाथ्व)
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३९ बजे र सूर्यास्त : साँझ ०५:४३ बजे
काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:४८ बजे र सूर्यास्त : साँझ ०५:५० बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:५४ बजे र सूर्यास्त : साँझ ०५:५४ बजे
माघ शुक्लपक्षको तृतीया तिथि, दिउँसो ०३:३९ बजेसम्म, त्यसपछि चतुर्थी तिथि,
पूर्वाभाद्रा नक्षत्र, दिउँसो ०२:४३ बजेसम्म, त्यसपछि उत्तराभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा, बिहान ०९:०७ बजेसम्म, त्यसपछि मीन राशिमा,
शिव योग, बिहान ०७:३८ बजेसम्म, त्यसपछि सिद्धि योग,
गर करण, दिउँसो ०३:३९ बजेसम्म त्यसपछि वणिज करण,
आनन्दादि योग : मुद्गर, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : आग्नेय, वारशूल : दक्षिण, नक्षत्रशूल : दक्षिण,
आजको मूहुर्त : शुभविवाह,
आगामी ३ दिनभित्र पर्ने व्रत÷पर्व तथा शुभ मूहुर्त :
भोलिको व्रत÷पर्व : देवघाटमा मकर स्नानको समाप्ति, तिलकुन्द चतुर्थी,
भोलिको मूहुर्त : अग्निवास(होमादि), दैलो राख्ने,
०१ गते : फाल्गुन सङ्क्रान्ति, वसन्त पञ्चमी, वसन्त श्रवण, श्री पञ्चमी, सरस्वती पूजा, रतिकाम पूजा, हलसारो गर्ने दिन, ब्रतबन्ध (उपनयन), रुद्राभिषेक(रुद्रीपूजा),
०२ गते : स्कन्द षष्ठी, अचला सप्तमी, मन्वादि, नेवारी पर्व लगलाछोयके, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), द्रव्यप्रयोग वा लगानी,
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

बिहानको समय असल छ, मध्याह्नको सुरुवातसँगै धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । दिन छिप्पिदै जाँदा मनमा वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन् । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । दैनिक खर्चमा बृद्धि हुनसक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

सामाजिक क्षेत्रमा मानसम्मान र प्रतिष्ठामा प्राप्ति हुने सम्भावना छ, तर आफ्नै क्रियाकलापले नकारात्मक असर पर्न सक्छ । तपाईंले गर्नु भएको बाचा पूरा गर्न सङ्घर्ष गर्नुपर्छ । जोखिम हुने काममा हात नहाल्नु राम्रो हुन्छ । मातापिताको आशीर्वादले काम गर्छ, त्यसैले मान्यजनको इच्छा र चाहनालाई बेवास्ता गर्नुहुँदैन । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन् । कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्र्न पक्षमा रहने छ । परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने कर्मसिद्धिको समय छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आजको दिन मिश्रित फलदायी रहेको छ । उतारचढाव आएपनि व्यापारबाट राम्रै नाफा मिल्नेछ । दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ । गरेका प्रयासमा भाग्यले साथ दिनेछ, साँझपख अचानक हर्षित हुने समाचार मिल्नेछ, परोपकारी काममा खट्नु पर्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

प्रत्येक काममा बाधाअडचन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । स्वास्थ्यक्षेत्रमा समेत राम्रो छैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

मन रमणीयतातर्फ आकर्षित बन्नेछ । भावुकता र काल्पनिकतामा अल्मलिएर गर्नैपर्ने काममा विलम्ब हुनसक्छ । दाम्पत्य सम्बन्ध वा प्रेमी÷प्रेमिकाका बीचमा चिसोपन देखिनसक्छ । के गरौं र के गरौं भइरहनाले निर्णय क्षमतामा कमी आउन सक्छ । दैनिक कामधन्दा र बन्दव्यापार सामान्य नै रहने देखिन्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । बेलुका तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुन सक्छ, तर विजय प्राप्त हुनेछ । झैझगडा, किचलो र विवादमा सामञ्जस्यका लागि तपाईंको अहम् भूमिका रहने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आजबाट पारिवारिक वातावरणमा सुधार आउने छ । पैसाको मामिलामा खासै फरक पर्ने देखिन्न । ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

दिनको सुरुवातमा सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुनसक्छ । तर दिउँसोबाट असहज परिस्थिति सिर्जना हुनेछ । खर्च वृद्धि हुने समय छ । बन्दव्यापारमा भनेजस्तो सफलता प्राप्त हुँदैन । प्रेम र प्रणयसम्बन्धमा तिक्तता आउनसक्छ । मातापिता वा घरका ज्येष्ठसदस्यको स्वास्थ्यमा  समस्या देखापर्न सक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

व्यवहारिक कठिनाइको सामना भए पनि घरपरिवारका समस्या हल गर्ने वातावरण प्राप्त हुनेछ । मेवामिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

डुब्न लागेको धन फिर्ता आउने वा लामो समयदेखि रोकिएको काम बन्ने दिन छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्यपक्षमा राम्रो संकेत छ । बोलीमा मिठास आउने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
purbelinews

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget