कोइरालाको अन्येष्टि पञ्चक योगमा गरिएकाले दोष नमेटे देश ठूलेा संकटमा डूब्ने अनिअनिष्ट हुने ज्योतिषहरुको दाबी

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति स्वर्गीय सुशील कोइरालाको अन्त्येष्टि गर्ने समय पञ्चक तिथि परेको कृयासिल धर्मसाश्त्रीहरूले बताएका छन ।

धर्मशास्त्रीहरुका अनुसार ‘पञ्चक तिथिमा शवको दाहसंस्कारको काम गर्नै नहुने’ र गरीहाले ५ वटा कुस वा चामलको पिठोको ५वटा पुत्ला बनाई मृत शरिरसंगै त्यस्को पनि दाहसंस्कार गरीनुपर्ने अन्यथा अनिष्ठ हुने धर्मशास्त्रीहरूले बताएका छन । धर्मशास्त्रीहरूको अनुसार पञ्चक तिथि सुरू भैसकेपछि काठ , दाउरा किन्न नहुने बताएका छन । इटहरीका युवा ज्योतिष शास्त्री कमल दहालका अनुसार नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति स्वर्गीय सुशील कोइरालाको निधन भएको समय पञ्चकको योग परेकोले मुलुकमा केही अनिषठ हुन सक्ने बताएका छन ।

काठ तथा दाउरा भेला पार्न नभएकै कारण पञ्चक अवधिमा शवको दाहसंस्कार समेत गर्न नमिल्ने र दोष नमेटाई दाहसंस्कार गरे अनिष्ठ हुने युवा ज्योतिष शास्त्री दहाल बताउछन । शास्त्रले पञ्चक अवधिमा दाहसंस्कार गर्नै परे कुस वा चामलको पीठोको पाँचवटा पुतला बनाएर दाहसंस्कार विधि अनुसार सेलाउनुपर्ने बिभिन्न धार्मिक पुस्तकहरूमा स्पस्ट उल्लेख नै गरेको ज्योतिष दहाल बताउछन ।
उनका अनुसार माथि उल्लेखित भए अनुसार उनको अन्तिम संस्कार नभए मृतकको परिवारको पाँचजनासम्मलाई त्यसको दोषले भेट्ने र राज्यमा अभिभावकको निधन भए थप पाँच नेतालाई त्यसको दोषले भेट्ने संभावना रहन्छ ।’
                                                        के हो पञ्चक ?
हिन्दु धर्ममा कुनै पनि काम गर्नका लागि शुभ अशुभ मुहुर्त विचार गर्ने गरिन्छ । ज्योतिषका अनुसार कुनै नक्षत्रमा शुभ कार्य गर्नु राम्रो मानिन्छ भने कुनै समयमा विशेष काम गर्नै नहुने समेत मानिन्छ ।   धनिष्ठा, शतभिषा, पूर्वा भाद्रपद, उत्तरा भाद्रपद एवं रेवती पनि यस्ता नक्षत्रको समूह हो ।

धनिष्ठाको प्रारम्भ सँगै रेवती नक्षत्र को अन्त सम्मको अवधीलाई पञ्चक भनिन्छ ।   पञ्चकको समयमा घरको छानो छाउन, खाट बनाउन वा इन्धन जम्मा गर्न तथा दक्षिण दिशामा यात्रा गर्नु अशुभ मानिन्छ । पञ्चक रोगपञ्चक, राज पञ्चक, मृत्यु पञ्चक, चोर पञ्चक गरी विभिन्न ५ प्रकारको हुन्छ ।


पञ्चकमा गर्न नहुने ५ काम (पञ्चकको समयमा खाट बनाउनु अशुभ मानिन्छ । यो समयमा खाट बनाउँदा संकट आउन सक्छ । (पञ्चकको समयमा घनिष्ठा नक्षत्र चलिरहेको समयमा घाँस दाउरा वा पानी जम्मा नगर्नु राम्रो मानिन्छ । यो समयमा आगलागीको खतरा हुन्छ । (पञ्चकको समयमा दक्षीण दिशा यात्रा गर्नु अशुभ मानिन्छ ।

(पञ्चकको समयमा रेवती नक्षत्र चलिरहेको छ भने घरको छानो छाउन हुँदैन । यसले घरमा समस्या आउने  शास्त्रको भनाइ छ । (पञ्चकको समयमा अन्तिम संस्कार समेत सोंच विचार गरेर गर्नु पर्छ । शव सँगै कुश वा आटाको पुतला बनाएर जलाउँदा दोष काटिने गरुण पुराणमा उल्लेख छ । युवा ज्योतिष शास्त्री कमल दहालसंगको कुराकानी र बिजसाला अनलाइनको सहयोगमा आधरीत
dcnepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget