तारा बिमान दुर्घटना: शव पोखरा लग्ने तयारी


फागुन १३, म्याग्दी ।
तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पोखरा ल्याउने तयारी भइरहेको छ ।
अहिले शव संकलनको काम भइरहेको दुर्घटनास्थलमा रहेका अंचल प्रहरी कार्यालय धौलागिरीका एसएसपी छविलाल जोशीले जानकारी दिनुभयो । शव संकलनका लागि नेपाली सेना, प्रहरी, मृतकका आफन्त तथा स्थानीयबासी विहानै दुर्घटनास्थल पुगेका छन् ।
दुर्घटनास्थल नजिकै हेलिप्याड समेत बनाइए पनि भिरालो ठाउँमा जोडले हावा चलेकाले दानामै राखिएका एअर डाइनेष्टीका २ हेलिकोप्टर उड्न सकेका छैनन । मौसम अनुकुल हुनसाथ शवलाई पोखरा ल्याउने तयारी भइरहेको क्षेत्रीय प्रशासक शंकर कोइरालाले बताउनुभयो ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान हिजो म्याग्दीको दाना गाविसस्थित सोलीघोप्टे भीरमा दुर्घटना हँुदा चालक दलका ३ सदस्यसहित २३ जनाको मृत्यु भएको थियो ।
मृतकमध्ये दुर्घटनास्थलमा अहिलेसम्म १९ जनाको मात्र शव देखिएको छ । अन्यको खोजी भइरहेको हाम्रा कास्की सहकर्मी लालप्रसाद शर्माले जनाएका छन् । एसएसपी जोशीका अनुसार अधिंकाश शव जलेर पहिचान हुन नसक्ने अवस्थाका छन् ।
ekantipur
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget