चितवन निकुञ्जको सुरक्षामा पहिलो पटक महिला सैनिक खटिने

चितवन, १ फागुन । चितवन निकुञ्जको सुरक्षाका लागि सैनिक महिलाहरु पनि खट्न थालेका छन् । निकुञ्जको ४२ वर्षको इतिहासमा सैनिक महिला सुरक्षामा तैनाथ भएको यो पहिलो पटक हो । चितवन निकुञ्ज विसं २०३० सालमा स्थापना भएको देशको पहिलो निकुञ्ज हो ।

‘निकुञ्जमा ११ जना सैनिक महिलाहरुले आफ्नो कार्यभारअनुसारको काम सुरू गरेका छन्’ चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए । निकुञ्जमा हाल श्रीजङ्ग गण र नयाँ भैरवी दलको एउटा गुल्म तैनाथ छ ।

‘नेपाली सेनाको हरेक क्षेत्रमा महिलालाई पनि समेट्दै लैजाने नीतिअनुरुप संरक्षित क्षेत्रमा पनि सैनिक महिलालाई खटाएको हो’ श्रीजंग गणका प्रमुख कर्णेल सञ्जय देउजाले भने । चितवन निकुञ्जमा तीन महिनाअघि सैनिक महिलाहरु आएका हुन् ।

mahila-sainik1कर्णेल देउजाका अनसार हाल सैनिक महिलाहरु कसरामा रहेको प्रकृति शिक्षालय र कसरा चेक पोष्टमा कार्यरत छन् । ‘महिलाको खानतलासी महिलाले नै गर्नुपर्ने नियम छ । सैनिकहरु नियमित गस्ती खानतलासीमा पनि जानुपर्छ । सैनिक महिलाहरु आवश्यक नै थियो’ देउजाले भने ।

विस्तारै पोष्टहरुमा पनि सैनिक महिलाहरु राख्ने तयारी भएको उनले बताए । बस्ने व्यवस्था लगायतका पूर्वाधारहरु तयार भएपछि सैनिक महिलाहरु निकुञ्जभित्रका पोष्टमा पनि खट्ने र गस्तीमा पनि हिँड्ने कर्णेल सञ्जय देउजाको भनाइ छ ।

चितवन निकुञ्जलगायत देशका मुख्य–मुख्य निकुञ्ज र संरक्षित क्षेत्रको सुरक्षाका लागि नेपाली सेना तैनाथ छ । चितवन निकुञ्जमा सुरक्षाका लागि ५५ वटा सुरक्षा पोष्ट छन् । तीमध्ये केहीमा निकुञ्ज प्रशासन र सेना संयुक्त रुपमा बस्छन् भने केहीमा सेना मात्रै र केहीमा प्रशासनका मात्रै ।

विसं २०३० सालमा चितवन निकुञ्ज स्थापना भएपछि विसं ३०३८ सालबाट निकुञ्जमा सेनाको गण तैनाथ हुन थालेको निकुञ्जका आधिकारिक प्रशासनहरुमा उल्लेख भएको छ । विसं २०३८ सालको भदौ २४ गते चितवन निकुञ्जमा सबैभन्दा पहिला शेर गण तैनाथ भएको थियो । जुन गण विसं २०३९ सालको माघ ५ गतेसम्म निकुञ्जमा रह्यो ।

त्यसपछि चितवन निकुञ्जमा फष्टराइफल गण, नयाँ गोरख गण, पुरानो गोरख गण, शम्शेरदल गण, गोरखनाथ गण, श्रीनाथ गण नैनाथ भयो । विसं २०५२ साल वैशाख १० मा फेरि शेर गण आएर ठ्याक्कै दुई वर्ष चितवन निकुञ्जमा बस्यो ।

त्यसपछि सवुज गण, दी फेमस महिन्द्र दल गण, पुरानो गोरख गण, गोरखबहादुर गण, नन्दाबक्स गण हुँदै अहिले श्रीजङ्ग गण निकुञ्ज सुरक्षामा तैनाथ छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर नवलपरासी खण्डमा विसं २०६५ सालदेखि थप अर्को गुल्म पनि तैनाथ हुन थालेको हो ।

सो खण्डमा पहिलो पटक विसं २०६५ सालको जेठ २५ देखि संग्राम सार्दुल गुल्म तैनाथ भएको थियो । त्यसपछि रणदल गुल्म र अहिले नयाँ भैरवीदल गुल्म तैनाथ छ । निकुञ्ज सुरक्षाका लागि गण र गुल्ममा समेत गरेर १२ सयका हाराहारीमा सैनिक खट्ने गरेका छन् ।
osnepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget