वीरगन्ज नाकाबाट १३ लाख लिटर इन्धन भित्रियो

पर्सा:  नेपाल आयल निगमले आज वीरगन्ज नाकाबाट ९५ ट्याङ्करमा लोड रहेको १३ लाख १० हजार लिटर इन्धन नेपाल भित्र्याएको छ ।

नेपाल आयल निगमले भारतको बरौनी र रक्सौल डिपोबाट आज उक्त परिमाणमा इन्धन भित्र्याएको हो ।


वीरगन्ज नाकाबाट आज साँझ ६ः३० बजेसम्म ५९ ट्याङ्करमा सात लाख ३४ हजार लिटर डिजल, २१ ट्याङ्करमा तीन लाख लिटर पेट्रोल, १२ ट्याङ्करमा दुई लाख ४० हजार लिटर हवाई इन्धन र तीन ट्याङ्करमा लोड रहेको ३६ हजार लिटर मट्टितेल वीरगन्ज नाकाबाट भित्रिएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय अमलेखगन्जका क्षेत्रीय प्रमुख भानुभक्त खनालले जानकारी दिए।

उनले मधेसकेन्द्रित दलले नाका केन्द्रित आन्दोलन गरेयता साढे चार महिनामा पहिलो पटक वीरगन्ज नाकाबाट यति ठूलो परिमाणमा इन्धन नेपाल भित्रिएको जानकारी दिए ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget