नुनका लागि जिल्ला प्रशासनमा निवेदन

गोरखा, १ फागुन, भूकम्प अति प्रभावित गोरखाका ६ गाविसका वासिन्दाले नुन खान नपाएको गुनासोसहित जिल्ल प्रशासनमा निवेदन दिएका छन् । साल्ट ट्रेडिङ्ग कर्पोरेसनले बिक्री गर्ने सहुलियत मूल्यको नुन उपलब्ध गराइदिनमाग गर्दै उनीहरुले निवेदन दिएका  हुन् ।

एक किलो नुनको मूल्य एक सय रुपैयाँसम्म पर्न थालेपछि उनीहरुले त्यो पनि भनेका बेलामा नपाइने भन्दै प्रशासनमा निवेदन दिनु परेको बताए । नुन महङ्गो र अभाव भएपछि लाप्राक, गुम्दा, लापुर, उहिया, केरौंजा र काशागाउँका स्थानीयवासीले निवेदन दिएका हुन् । प्रजिअ बलदेव गौतमले भने निवेदन साल्ट ट्रेडिङ्गमा पठाइसकेको बताए ।
aajakokhabar-
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget