यो भ्यालेनटाईन डे कुन राशीका लागि कस्तो ?

युवा ज्योतिष हरिहर अधिकारीले, यो बर्षको भ्यालेनटाईन डे कुन राशीका लागि कस्तो ? भन्नेबारे बताएका छन् । राशीमा के छ ? त्यो नबुझी प्रेम प्रस्ताव राख्दा सम्बन्धमा थप खटपट आउन सक्छ । ज्योतिष अधिकारीले, समस्या निवारणका उपाय पनि सुझाएका छन् । यसबारे तल पढौँ
मेष : यो राशी भएकाहरुका लागि यो महिनामा मंगल ग्रहको प्रभाव देखिन्छ । प्रेममा झगडा हुने सम्भावना पनि देखिन्छ । सम्बन्धमा, समस्या आउने छन् । कुनै पनि कुरा नराम्रो नहोस् भन्नका लागि, सेतो रंग भएका चीजको प्रयोग बढाउनुहोस् । भ्यालेन्टाईन राशी मिथुन राशी हो । दिशा उत्तर उत्तम हुनेछ । तपाईका लागि लक्की नम्बर ९ र ५ हो ।
बृष : यो राशी भएकाहरुमा, शुक्र ग्रहको प्रभाव छ । माया प्रेमका लागि राम्रो छ, यो महिना । समस्या थिए भने पनि त्यसमा सुधार आउनेछ । सबैभन्दा राम्रो रंग रातो र पर्पल हो । तपाईका लागि लक्की नम्बर ५ रहेको छ । राम्रो बार सुक्रबार हो । मिथुन : सूर्यको प्रभाव बढी देखिन्छ । प्रपोज गर्दा, सकारात्मक उत्तर आउनेछ । तपाईका लागि हरियो रंग उत्तम छ । लक्की नम्बर ९ हो । कुनै पनि काम बिहीबार गर्दा राम्रो हुनेछ । पूर्व दिशा फर्केर काम गर्दा राम्रो फल प्राप्त हुनेछ ।
कर्कट : यो राशी हुनेहरुमा चन्द्रमाको प्रभाव बढी छ । आमा, दिदी बहिनी मार्फत प्रेम प्रस्ताव राख्नुहोला । विवाहित जोडीमा धेरै समस्या आउने देखिन्छ । सुत्दा दक्षिण दिशा फर्केर सुत्नुहोला । तपाईका लागि सेतो रंग र ५ नम्बर लक्की रहनेछ । बारमा सोमबार राम्रो छ ।
सिंह : सूर्य र मंगल ग्रहको प्रभाव छ । कुराकानी नमिल्ने देखिन्छ । समस्याबाट मुक्ति पाउन सूर्यलाई जल चढाउनुहोस् । जल चढाउँदा तामाको भाँडाको प्रयोग गर्नृुहोस् । तपाईका लागि लक्की नम्बर ६ र लक्की रंग रातो हो । दिशा पश्चिम राम्रो छ । सुक्रबार लक्की बार हो । कन्या : चन्द्रमा र शुक्रको प्रभाव परेको छ । महलाई हरेक दिन ब्रह्म मुहुर्तमा चाँदीको चम्चाले खानुहोला । यो महिनाभर, तपाईका लागि पूर्व दिशा उत्तम हो । ५ र २ नम्बर उत्तम हुनेछ । सेतो रंगको प्रयोग राम्रो मानिनेछ ।
तुला : मंगल र शनीको प्रभाव बढी छ । प्रेमी प्रेमीका वा श्रीमान, श्रीमती विदेश जाने, टाढिने सम्भावना छ । त्यो सम्बन्धमा खटपटका कारण नभई कामका कारण टाढिने सम्भावना देखिन्छ । पँहेलो रंगलाई बढी प्रयोग गर्नुहो । उत्तर दिशा राम्रो छ ।
बृश्चिक : माया प्रेमका सम्बन्ध राम्रो रहनेछ । कुनै समस्या आउन नदिन, पाँच मुखे, तीनमुखे रुद्राक्षको प्रयोग गर्नुहोला । लक्की नम्बर ४ हो । फुस्रो रंगका कपडा लक्की मानिनेछ । पश्चिम फर्केर सुभकार्य गर्नुहोला ।
धनु : धनु राशी हुनेहरुका लागि राम्रो छ , यो महिना । धार्मिक ठाउँमा गएर प्रस्ताव गर्नुहोला । कुनै पशुपंक्षी , पालुवा जनावार गिफ्ट गर्दा राम्रो हुनेछ । लक्की नम्बर ९ र २ हुन् । उत्तरपूर्व फर्केर काम गर्नुहोला ।
मकर : यो राशी हुनेहरुका लागि यो महिना सामान्य छ । केही गल्ती हुनसक्ने सम्भावना देखिन्छ । यसमा सचेत रहनुहोला । पंचामृत आफुले पनि खानुस् र अरुलाई पनि खुआउनुहोस । दक्षिण फर्केर शुभकार्यहरु गर्दा राम्रो प्रतिफल प्राप्त हुनेछ ।
कुम्भ : शनीको प्रभाव देखिन्छ । प्रेम सम्बन्धमा, समस्या आउन सक्ने देखिन्छ । समस्या समाधानका लागि, गौरीशंकर रुद्राक्ष लगाउनुहोस् । पर्पल रंग लक्की सावित हुनेछ । पश्चिम फर्केर शुभकार्य गर्नुहोला । सुक्रबार उत्तम दिन हो । मीन : सम्बन्ध सफल बनाउन कुनै कुरा गर्दा दक्षिण पश्चिम फर्केर गर्नुहोला । पहेँलो, हरियो र पर्पल कलर उत्तम हुनेछ ।

onlinesajhapatrika

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget