थप इन्धन पठाउन भारत तयार

माघ २१, २०७२- नेपालको तत्कालको मागअनुसारको पेट्रोलियम पदार्थ उपलब्ध गराउन भारत सरकार तयार रहेको भारतीय पेट्रोलियम मन्त्री धमेन्द्र प्रधानले जानकारी दिएका छन् ।
मुम्बइमा राजदूत दीपकुमार उपाध्यायसाग भेटवार्ता गर्दै मन्त्री प्रधानले नेपाल आयल निगमको नियमित कोटासागै अतिरिक्त आपुर्ति गर्न भारतीय आयल निगम तत्पर रहेको मन्त्री प्रधानले बताएका थिए ।
"अहिले सहज भैसकेका नाकाहरुबाट इन्धन आपुर्तीका लागि तत्काल प्राथमिकता छुट्याउन र अतिरिक्त आपुर्ति गराउन भारत सरकार तयार देखिएको छ,' 'मेक इन इन्डिया'को महाराष्ट्रमा आयोजित बिशेष समारोहमा सरिक राजदूत उपाध्यायले कान्तिपुरसाग भने । भेटवार्ता क्रममा पेट्रोलियम पदार्थसहित ग्यास, औषधि तथा उपभोग्य सामानको नेपालतर्फ सहज आपुर्तीका लागि तदारुकताका साथ पहल गर्न सरोकार निकायमा निर्देशन दिइसकेको जानकारी मन्त्री प्रधानले दिएका थिए ।
सहज बनेका नाकाहरुबाट पनि पर्याप्त ग्यास तथा पेट्रोलियम पदार्थ निर्यात नभैरहेको बारे राजदूत उपाध्यायले मन्त्री प्रधानको ध्यानाकर्षण गराएका थिए । अर्कोतिर नेपाल आयल निगमसाग इन्धन स्टक रहेकै बेला पनि वितरणमा आयल निगमले गरिरहेको लापरवाही तथा ढिलाइबारे भेटवार्तामा सहभागी नेपाली अधिकारीबीच छलफल भएको थियो । तर, आयल निगमले इन्धन कोटाको अतिरिक्त आपुर्तिबारे भारतीय आयल निगममा अझैसम्म जानकारी गराएको छैन ।
'बीरगंज-रक्सौल नाका पनि केही दिनमा सहज हुादैछ भनेर मन्त्रीले जानकारी दिनुभयो,' उपाध्यायले भने-'संविधान संसोधनपछि पनि राजनीतिक सहमती र समझदारी बढ्दै गएको अवस्थामा नाकामा देखिएको बाधा/अवरोध छिट्टै हटेर जानेमा विश्वास बढेर गएको छ ।' भेटवार्तामा नेपाली दुतावासका इकोनमिक मिनिष्टर ढुंढीराज पोखरेल, नेपाल-भारत संयुक्त आर्थिक परिषद्का अध्यक्ष उद्यमी प्रदीपकुमार श्रेष्ठ, भारतीय आयल निगमका अध्यक्ष बी.अशोकलगायतका अधिकारी सहभागी थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget