भारत । नवयुग श्रेष्ठको हृयाटि्रकको मदतमा नेपालले माल्दिभ्समाथि नाटकीय जित हात पारेको छ । र, १७ वर्षपछि साग गेम्सको पुरुष फुटबलको फाइनलमा पुगेको छ ।
शनिबार राति भएको दोस्रो सेमिफाइनलमा नेपालले माल्दिभ्समाथि ४-३ गोलको रोमान्चक जित हात पारेको छ । नेपालले पहिलो हाफमा दुई गोलको अग्रता लिएर पनि दोस्रो हाफमा जोगाउन सकेन ६५ औं मिनेटमा कमल श्रेष्ठले रातो कार्ड पाएपछि १० खेलाडीमा समिति भएको थियो ।
तर, अतिरिक्त समयको अन्तिमतिर नवयुग श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै हृयाटि्रक मात्र पुरा गरेनन्, नेपाललाई १७ वर्षपछि साग गेम्सको पुरुष फुटबलको फाइनलमा पुर्याएको छ ।
News24Nepal
Post a Comment