अधिवेशन बिथोल्न खोज्दा मोर्चा र कांग्रेस कार्यकर्ताबीच झडप

सप्तरी, माघ १८ । नेपाली कांग्रेसको राजविराज नगर अधिवेशन बिथोल्न खोज्ने संयुक्त मधेसी मोर्चा र कांग्रेस कार्यकर्ताबीच सोमबार राजविराजमा झडप भएको छ ।

राजविराज–४ स्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालय प्रांगणमा आयोजित नगर अधिवेशनको निर्वाचनमा मोर्चाका नेता तथा कार्यकर्ताले नाराबाजी गर्दै बिथोल्न खोज्दा झडप भएको हो ।

मोर्चाका नेता तथा कार्यकर्ताले निर्वाचनस्थलमा अवरोध पुर्‍याउन थालेपछि कांग्रेसका कार्यकर्ता प्रतिकारमा उत्रेका थिए ।

सोहीक्रममा भएको झडपमा युवा विद्यार्थी मोर्चा सप्तरीका संयोजक तारकेश्वर यादव घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते यादवको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । सो घटनाको कारण राजविराज तनावग्रस्त रहेको छ ।

अहिले त्यहाँ व्यापकरुपमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यसैगरी, राजविराज नगरपालिकाको गजेन्द्रचोक, सहिददर्शन चोकलगायतका विभिन्न स्थानमा बिहानैदेखि मोर्चाले टायर बालेर विरोध प्रदर्शनलाई जारी राखेका छन् ।

कांग्रेसको नगर सभापतिमा प्रभातकुमार ललन र शम्भुलाल देवले उम्मेदवारी दिएका छन् । सचिवमा दीपक चौधरी र शत्रुध्नप्रसाद साह तथा कोषाध्यक्षमा विमल श्रेष्ठ र मेराज अन्सारी प्रतिस्पर्धामा उत्रेको बताइएको छ ।

यसअघि, सप्तरीको विभिन्न गाविसमा आयोजित कांग्रेसको गाउँ अधिवेशनलाई मोर्चाका नेता तथा कार्यकर्ताले बिथोलेका थिए । रासस
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget