चीनबाट सरकारले भित्र्याउँदैछ अर्काे बस्तु, जो पहिला भारतबाट मात्रै आउथ्यो

काठमाडौं, २९ माघ । भारतको नाकाबन्दीमा इन्धन लगायतका वस्तुहरु अनुदानमा दिएर गुन लगाएको चीनबाट नेपालले अर्काे बस्तु आयात गर्ने भएको छ ।
विहीबार बसेको मन्त्रिपरिषदको नियमित बैठकले चीनबाट विद्युत ल्याउने निर्णय गरेको उर्जामन्त्री टोपबहादुर रायमाझीले जानकारी दिनुभयो ।
यसअघि नेपालले इन्धनमा भारतको एकाधिकार तोड्दै चीनसँग इन्धन तथा व्यापार सम्झौता गरिसकेको छ । अब विद्युत आयातमा पनि भारतको एकाधिकार तोड्दै नेपालले चीनबाट विद्युत भित्र्याउन लागेको हो ।
सरकारको एक वर्षभित्र देशलाई लोडसेडिङ मुक्त बनाउने अभियान अन्तर्गत भारतका साथै अबदेखि चीनबाट पनि अन्तदेशीय प्रशारण लाइनमार्फत विद्युत आयात गर्ने तयारी भइरहेको मन्त्री रायमाझीले बताउनुभयो ।
यसका लागि नेपालको ऊर्जा सङ्कटलाई समाधान गर्ने कार्ययोजनामा भारत र चीन दुबै मुलुकबाट विद्युत् आयात तथा निर्यात गर्न मिल्ने गरी अन्तरदेशीय प्रसारण लाइन निर्माणको विषयलाई पनि प्राथमिकताका साथ समेटिनेछ ।
भारतबाट मात्रै आयात गरिने अवस्थाको अन्त्य गर्दै चीनबाट पनि विद्युत् आयात तथा निर्यात गर्न मिल्ने गरी रसुवा- केरुङ अन्तरदेशीय प्रसारण लाइन र अन्य सम्भाव्य स्थानबाट पनि विद्युत् आयात तथा निर्यात गर्न सकिने अवस्थालाई ध्यान दिइने छ ।
भारततर्फ ६ वटा तथा चीनतर्फ दुईवटा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषय पनि उक्त कार्ययोजनामा समेटिनेछ ।
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget