'अामा भन्नुहुन्छ - बेलुका हिँड्नु ठिक होइन'


गत मंगलबार पोखरा उपमहानगरपालिका वडा नं. १५ की युवति योरुना मगर अर्धनग्न अवस्थामा मृत फेला परिन् । आफ्नै घरबाट चार सय मिटर पर फालिएकी योरुना मगर फिल्मकी अभिनेत्रीसमेत हुन् ।

‘गाउला’, ‘युँपा’जस्ता मगर भाषाका फिल्ममा अभिनय गरेकी उनी नेहा मगर नामले समेत चिनिन्थिन् । बलात्कारपछि हत्या गरिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

उनको हत्याको विरोधमा नेपाल मगर संघले दोषीलाई कडा कारवाही गर्न माग गरेको छ भने नेपाली फिल्मक्षेत्रका अभिनेत्रीहरु दोषीलाई कारवाही गर्न माग गर्दै सामाजिक सञ्जालमा  पोखिएका छन् । फेसबुकमा केकी अधिकारीले योरुनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस्तो लेखेकी छिन् । जुन लेखको सम्पादित अंश यस्तो छ ।

यो पोस्ट लेखिरहँदा म आफूलाई एकदम लाचार अनि विवश महशुस गरिरहेकी छु । हरेक दिन जस्तै हामीले भोग्नुपरेका यस्ता घटनाले मलाई विचलित बनाउँछ । एक्लै कतै हिँड्न डर लाग्छ, पुरुषका हुल कतै देख्दा अर्कै बाटो खोज्न थाल्छु म ।

साँझ पर्ने बितिकै घर पुगिन भने आमा आत्तिन थाल्नुहुन्छ । बेलुका हिँड्नु ठिक होइन भन्नुहुन्छ । विचरा ! आमा न हो छोरी को माया भैहाल्छ । छोरीको बलात्कार, अझ सामुहिक । अझ  त्यसमाथि हिंंस्रक हत्याको समाचार छापिँदा कुन आमाको मन बिक्षिप्त नहोला र ?

तर म प्रश्न गर्न हिच्किचाउँदिन आमासँग र साेध्छु, आमा  मैले किन डराउनुपर्ने ? मैले त कसैको केही बिगारेको छैन ?

तब आमा भन्नुहुन्छ तिमी छोरी मान्छे हौ तिमीले सधैं डराउनु पर्छ । यहाँ समाज परिवर्तन होला, सोच परिवर्तन होला भनेर म मेरी छोरीलाई खतराको मुखमा पु¥याउन सक्दिन भन्नुहुन्छ।

हुन पनि हो, जति कराए पनि जति रोए पनि जति नै बिन्ती गरे पनि त्यो राक्षसीपन, अनि त्यो बर्बरता देखाइहाल्दा रैछन् । म थाकेर चुपचाप आमाको कुरा मानेर चाँडै घर आउनुबाहेक केही गर्न सक्दिन।

मलाई माफ गरिदेइ बहिनी नेहा पुन। तिमीमाथि भएको घटनालाई लिएर यहाँ जति नै कराऔं,  दोहोरि नै रहनेछन् । जति चिच्याए पनि आवाज दबाइनेछन् ।

मलाई माफ गर !
setopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget