दाँतको क्यान्सरबाट जोगिन के गर्ने ?

नेपाल डेन्टल एसोसिएसनले विश्व मुख तथा दन्त स्वास्थ्य दिवसका अवसरमा आज  आयोजना गरेको कार्यक्रममा दन्त चिकित्सकले सर्वसाधारणलाई दाँतको क्यान्सरबाट जोगिन सल्लाह दिएका छन् । सो एसोसिएसनले प्रत्येक वर्ष २० मार्चमा विश्व मुख तथा दन्त स्वास्थ्य दिवस मनाउने गर्छ ।
 

    डा सेन्छेमा लिम्बूले विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो प्रतिवेदनमा विश्वमा ९० प्रतिशत मानिस सोसम्बन्धी रोगबाट पीडित रहेको बताउँदै प्रत्येक दिन नियमित रूपमा दुई पटक ‘ब्रस’ गरी दाँतलाई सरसफाइ गर्न र दक्ष चिकित्सकसँग परामर्श लिन सल्लाह दिए।

सिद्धि पोलिक्लिनिकका डा मधु श्रेष्ठले मुख तथा दन्त स्वास्थ्यका बारेमा जनचेतना फैलाउन आवश्यक रहेको बताउँदै  स्वस्थ्य दाँत, गिजा र मुखले मानिसलाई सधँै स्वस्थ्य राख्ने हुँदा पीडित वर्ग र  समुदाय त्यसतर्फ संवेदनशील बन्नु पर्ने बताए।


डा प्रतीक श्रेष्ठले मुख तथा दन्त स्वास्थ्यमा समयमै सचेत नभएमा गिजा पाक्ने, दाँत झर्ने लगायत समस्या आउने र त्यसले मुखको क्यान्सरसमेत हुन सक्ने खतरा रहेको उल्लेख गर्दै मद्यपान तथा मिठाइजन्य खानपिनमा नियन्त्रण गरिएमा धेरै समस्या समाधान हुने बताए।

दन्त चिकित्सकले गैरकानुनी रूपमा चलाइएका मुख तथा दन्त स्वास्थ्य केन्द्र बन्द गर्न माग गरेका छन् ।
कार्यक्रममा एसोसिएसनका अध्यक्ष डा सुदीन शाक्यले पछिल्लो समयमा अनधिकृत रूपमा दन्त परीक्षण सञ्चालन हुन थालेकाले त्यस्ता व्यक्ति तथा संस्थालाई कानुनी कारबाहीको माग गर्दै सर्वसाधारणलाई नेपाल मेडिकल काउन्सिलबाट मान्यताप्राप्त स्वास्थयकर्मीसँग मात्र उपचार गराउन पनि आग्रह गर्नुभयो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget