आर्यघाट स्वर्गीय कोइरालाका शुभेच्छुकहरुले खचाखच भरिएको छ । कोइरालाको अन्तिम विदाइमा सहभागी हुन कांग्रेसका वरिष्ठ नेता-कार्यकर्ता, अन्य राजनीतिक दलका नेताहरु, मन्त्रीहरु, सांसदहरु, सुरक्षाकर्मीहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु, आफन्तजन, पेशा व्यवसायी र सर्बसाधारण सहभागी छन् ।
कोइरालाको पार्थिव शरीरलाई शवयात्रासहित आर्यघाट पुर्याइएको हो । दशरथ रंगशालाबाट सुरु भएको शवयात्रा थापाथली, कमलपोखरी, मैतीदेबी, गौशाला हुँदै आर्यघाट पुगेको थियो । शवयात्रामा सहभागीहरुले कोइरालाको तस्बिर अंकित प्लेकार्ड बोकेका थिए ।
गत सोमबार राति १२ः५० मा कोइरालाको महाराजगञ्जस्थित निवासमै आकस्मिक निधन भएको थियो ।
-onlinekhabar
Post a Comment