फागुन ३ सम्म कांग्रेसका सबै कार्यालय बन्द, १३ औं दिन देशभर श्रद्धाञ्जली सभा

२६ माघ, काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको निधनमा फागुन ३ गतेसम्म देशभरका आफ्ना सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको मंगलबार पार्टी केन्द्रीय कर्यालय सानेपामा बसेको आकस्मिक बैठकले पार्टी मुख्यालय, पार्टीका देशभरका कार्यालय र भातृ संगठनहरुका सबै कार्याल्ाय एक सातासम्म बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले कोइरालाको निधनको शोकमा फागुन ९ गतेसम्म आफ्ना सबै कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने तथा १३ औं दिन सबै जिल्लामा श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको छ ।

बैठकले १३ दिनसम्म पार्टीका सबै कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गर्दै कार्यकर्ताहरुलाई कोइरालाको निष्ठा र नैतिकताको बाटो पछ्याउन तथा उनको जस्तै सरल जीवन पद्धति अपनाउन अपिल समेत गरेको केन्द्रीय सदस्य महेश आचार्यले जानकारी दिए ।

केन्द्रीय समितिको बैठकले कोइरालाले संविधान जारी गर्न र संविधानबाट असन्तुष्ट भएका मधेसवादी दलहरुलाई वार्ताबाट समस्याको निकास खोज्न अग्रणी भूमिका निर्वाह गरेको ठहरसहित शोक प्रस्ताव पारित गरेको छ ।

online khabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget