कलेजका सम्पूर्ण विद्यार्थीहरुलाई करिब दुई घण्टासम्म एउटै कुर्सिमा राखेर लेक्चर दिएका धमलाले पत्रकारितामा अवसर र चुनौति एवम सफल पत्रकार बन्न के के तत्वहरु आवश्यक पर्छ भन्ने विषयमा प्रवचन दिएका थिए ।
उनले संविधानले सूचनाको हक सुनिश्चित गरेपनि त्यो कार्यान्वयन हुन नसकेको भन्दै त्यसकोलागि संघर्ष गर्नु पर्ने आवश्यकता औल्याउँदै नेपालमा बढी राजनीतिक पत्रकारिता भएकोले समस्या आएको बताए ।
धमलाले भने , राजनीतिक पत्रकारिता धेरै भयो, अब राजनीतिक पत्रकारिता होइन, विकास मुखि, ग्रामिण पत्रकारिता गर्नु पर्छ ।’ उनले पत्रकारितामामा यूवा पुस्ताको भविष्य उज्वल भएको भन्दै आग्रह पूर्वाग्रह नगरी पत्रकारिता गरे सफल हुने तर्फ सजग गराए ।
धमलाले भने,‘ पोजिटिभ समाचार गर्नुपर्यो नेगेटिभ पत्रकारिताले देशलाई धेरै घाटा भईसक्यो ।’ पुस्तकमात्रै पढेर पत्रकार बन्न नसकिने भन्दै उनले बाहिरी ज्ञानले असल र सफल पत्रकार बनाउन सक्ने जिकिर गरे ।
धमलाले लेक्चर दिँदा विद्यार्थीहरु जिल्ल परेर हेरिरहेका थिए । उनीहरुले धमलाको बोल्ने स्टाइल र दृढ इच्छा शक्तिका कारण आफुहरु प्रभावित भएको बताएका थिए ।
nepalsandesh
Post a Comment