अमला अमृतले भरीएको गुण

आंमला विटामिन ‘सी’ को सर्वोत्तम र प्राकृतिक स्रोत हो। यसमां विद्यमान विटामिन ‘सी’ नष्ट हुंदैन । अमला दाह, पाण्डु, रक्तपित्त, अरुचि, त्रिदोष, दम, खोंकी, श्वास रोग, कब्ज, क्षय, छाती को रोग, हृदय रोग, मूत्र विकार आदि अनेक रोगहरुलाई नष्ट गर्ने शक्ति हुन्छ । वीर्यलाई पुष्ट गरेर पौरुषता बढ़ाउंछ, बवसो घटाएर मोटोपन घटाउंछ । टाउकोको केशलाई कालो, लामो र घना राख्छ ।
यस्को विभिन्न भाषाहरुमा नाम : संस्कृत- आमलकी धात्री। हिन्दी- आंवला। नेपालीः अमला मराठी- काम्वट्ठा, आंवला। गुजराती- आँवला।
रासायनिक संघटन : अमलाको 100 ग्राम रसमा 921 मि.ग्रा. र गूदामा 720 मि.ग्रा. विटामिन सी पाईन्छ । आर्द्रता 81.2, प्रोटीन 0.5, वोसो 0.1, खनिज द्रव्य 0.7, कार्बोहाइड्रेट्स 14.1, क्यालसियम 0.05, फॉस्फोरस 0.02, प्रतिशत, लौह 1.2 मि.ग्रा., निकोटिनिक एसिड 0.2 मि.ग्रा. पाईन्छ । यसको अतिरिक्त यसमा गैलिक एसिड, टैनिक एसिड, शर्करा (ग्लूकोज), अलब्यूमिन, काष्ठौज आदि तत्व पनि पाईन्छ ।
उपयोग : त्रिफलाको ३ औषधिहरुमा आमला एक हो । यसलाई सूखा चूर्णको रूपमा अन्य औषधिहरुको साथ नुस्खे को रूपमा र अचार, चटनी, मुरब्बा को रूपमा सेवन गरिन्छ । च्यवनप्राश, ब्राह्म रसायन, धात्री लौह र धात्री रसायन आदि आयुर्वेदिक योग तयार गर्नमा अमला काम आउंछ । यो अनेक रोगहरुलाई नष्ट गर्नेवाला पोषक, धातुवर्द्धक र रसायन हो । आयुर्वेदले यसलाई ‘अमृतफल’ भनेकोछ ।
विटामिन सी यस्तो नम्र तत्व हुन्छ जो गर्मीको प्रभावबाट नष्ट हुन्छ, तर मजाको योछकि अमलामा विद्यमान विटामिन सी कुनैपनि अवस्थामा नष्ट हुंदैन । यो सदाबहार फल सबै ऋतुहरुमा चटनी, मुरब्बा, अचार, चूर्ण, अवलेह आदि को रूपमां गुणकारी बनि रहन सक्छ ।
अमलाको प्रयोगः
ताजा अमला जो राम्रो सित पाकेको र ठूलो दाना होस, दाग नलागेको जम्मा गर्नुस ।जति हुन सक्यो बढीनै गर्नुस, किनकि यो बिग्रिन्न । यसलाई सुखाएर राख्दा पनि हुन्छ ।
अमलालाई काटेर भित्रको दाना निकालेर गुदी गुदी मात्रै निकालेर नुन हालेर मुछेर घाममा सुकाई दिने सुकेको अमला खांदा खुबै स्वादिलो हुन्छ । अर्को तरिका अमलालाई उसिनेर मिचेर दाना निकाल्ने गुदीलाई स्यानो स्यानो डल्लो बनाएर सुकाउने । सुकेपछि चुस्दै खाने स्वास्थ्यको लागि लाभदायक हुन्छ ।
* एक सद्य अमलाको दाना उमालेर चीसो भएपछि चीनी या मिश्री मिसाएर मुरब्बा पनि बनाउन सकिन्छ । हरेक दिन खाना सित अमलाको अचार खानाले स्वास्थ्यको लागि धेरै नै राम्रो हुन्छ ।
आमलाको अन्य लाभ : नेत्र ज्योति बढ़नु, कपाल बलीयो हुनु, टाउको दुखेको ठीक हुनु, चक्कर,नाकबाट रगत बग्नु, दांत-गीजाको खराबी हटाउनु, कब्ज, रक्त विकार, चर्म रोग, पाचन शक्तिमा खराबी, रक्ताल्पता, बल-वीर्यमा कमी, समय भन्दा अगावै बुढौति प्रकट हुनु फोक्सोको खराबी, श्वास रोग, क्षय, दौर्बल्य, पेट कृमि, यकृतको कमजोरी र खराबी, स्वप्नदोष, धातु विकार, हृदय विकार, उदर विकार, मूत्र विकार आदि अनेक बाधाहरु हटाउन अमलाको महत्व कम छैन ।
प्रत्येक दिन लगातार नियमपूर्वक १ या२ अमला दैनिक खानाले ३।४ महिनामै कायापलट हुन थाल्छ ।
_______________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!
oneline sanjal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget