साग फुटबलः भारतलाई पछाडी पार्दै पहिलो पटक नेपाल फाइनलमा

काठमाडौं, २९ माघ । भारतको सिलोङमा जारी १२ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गतको फुटबल खेलमा पहिलोपटक घरेलु टिमलाई पछ्याउँदै नेपाल फाइनलमा पुगेको छ ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतसँग पहिलोपल्ट गोलरहित बराबरी खेल्दै सागको फाइनल प्रवेश गरेको हो । यसअघि चार खेलमा भारतसँग पराजित हुँदै आएको नेपाली टिमले त्यसलाई पूर्णविराम लगाउँदै नेहरू स्पोर्ट्स कम्प्लेक्समा गोलरहित बराबरी खेल्यो । बराबरी खेलको मद्दतमा नेपाल राउन्ड रोबिन लिगमा ७ अंक जोड्दै एक खेल बाँकी छँदै फाइनलमा पुग्यो ।
खेलमा भारतीय टिममाथि सुरु देखिनै हाबी भएका नेपाली खेलाडीले गोल गर्ने प्रयास गरेपनि सफल भएनन् ।
आजको खेलसँगै नेपालले तीन खेलबाट ७ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यसैगरी बंगलादेशले ६ र भारतले ५ अंक जोडेका छन् । चार खेल खेलेको माल्दिभ्सको ४ अंक छ ।
तीनै खेल हारेको श्रीलंकाले अंकको खाता खोल्न सकेको छैन । पाँच देश सहभागी महिला फुटबलमा राउन्ड रोबिन लिगमा शीर्ष दुई स्थानमा रहने टिमले स्वर्णपदकका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । तेस्रो हुनेले सीधै कांस्य पाउनेछ ।
राउन्ड रोबिनको अन्तिम चरणमा शनिबार नेपालले श्रीलंकाको सामना गर्नेछ ।
भारतलाई पछ्याउँदै नेपाल फाइनल हुँदै शीर्ष स्थानमा पुगेपछि नेपाली टिमका प्रशिक्षक धुव्रबहादुर केसीले उपाधि जितेर स्वर्ण पदक आफूहरुको तयारी र उद्देश्य रहेको बताए । उनले भने- ‘भारतसँग पहिलोपल्ट बराबरी खेलेको छौं । हाम्रो लक्ष्य स्वर्णपदक जित्ने हो । त्यसका लागि तयारी गरिरहेका छौं ।’
/dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget