नेपालले भारतको एक विकेट लियो

काठमाडौं : जवाफी ब्याटिङ गरिरहेको भारतको एक विकेट झरेको छ । १७० रनको लक्ष्य पछ्याउँदै नेपालविरुद्ध धुवाँधार ब्याटिङ गरिरहेको भारतका रिसब पन्त ७८ रनमा आउट भएका हुन् ।

नेपालविरुद्ध १८ बलमा अर्धसतक ठोकेका उनले २४ बलमा ७८ रन बनाएको अवस्थामा आउट भएका हुन् ।

रिसबलाई प्रेम तामाङले पेभेलियनको बाटो देखाएका हुन् । भारतले अहिले ११ ओभरमा एक विकेट गुमाउँदै १३४ रन बनाइसकेको छ ।

भारतले नेपालविरुद्ध चौका र छक्काको वर्षा नै गरिरहेको छ । उसले सबैजसो नेपाली बलरलाई असफल बनाउँदै खेल एकपक्षीय बनाएको छ ।

भारतका लागि दोस्रो क्रमका ब्याट्सम्यान इशान कृष्णले ३८ बलमा ५१ रन बनाइसकेका छन् ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget