फिल्ममा अभिनय गर्नु पर्दैन । अभिनित फिल्म हिट पनि भइरहनु पर्दैन । तर पनि पुलिसमा हिरोहरु जन्मिरहन्छन् । एउटा थाना प्रमुख पनि रातारात हिरो बन्नसक्छ ।
नजिक रहेर–सुरक्षामा खटिनु पर्ने भएकाले जनताको मनमा बस्न सक्छन् प्रहरी । औंला भाँचेर गन्ने हो भने अहिले पनि एक दर्जनभन्दा बढी प्रहरीहरु राष्ट्रियरुपमा परिचित मात्र छैनन्, प्रिय पनि छन् । जस्तो – उपेन्द्रकान्त अर्याल, राजेन्द्रसिंह भण्डारी, जयबहादुर चन्द, रमेस खरेल, सर्वेन्द्र खनाल, प्रधुम्न कार्की लगायतका प्रहरी जनमानसमा सेलिब्रेटी भइसकेका छन् । आफ्नो पद र प्रतिष्ठालाई स्थापितगर्ने प्रहरीहरु त झन दर्जनौं छन् । दैनिक काम र बरियतामा आगाडी हुनेहरु सवैमाझ परिचित हुन्छन् ।
यी हुन् हिरो
नम्मर – ५
कामले बनेका सारथी
सर्वेन्द्र खनाल
कामप्रति बफादार, लगनशील र कर्तब्यमा नचुकेका कारण सर्वेन्द्रनाथ खनाल जहाँ–जहाँ रहेर काम गरेपनि उदाहरणियरुपमा प्रस्तुत भएका छन् । हाल उनी महानगरिय प्रहरी अपराध महाशाखाका प्रमुख छन् ।
०४६ सालमा सेवा प्रवेश गरेका एसएसपी खनाल पद्धतिले साथ दियो भने ०७६ सालमा प्रहरी प्रमुख बन्ने छन् । रमेस खरेल १ बर्ष आइजीपी भएर सेवा पुरा गरेपछि उनको पालो आउने छ ।
नम्मर – ४
सेलिब्रेटी पुलिस
रमेस खरेल
प्रहरी भित्रका सवैभन्दा ठूलो सेलिब्रेटी मानिन्छन्,– रमेस खरेल । निडर र कर्तब्यनिष्ट छवी स्थापित गरेका खरेल स्पष्ट भिजन भएका प्रहरी अधिकृत हुन् । हाल जुनियर प्रहरी तालिम शिक्षालय भरतपुरमा कार्यरत उनी आफ्नो ब्याचमा एक नम्मर बरियतामा छन् ।
०४५ सालमा भलिबल खेलाडीकोरुपमा प्रहरी सेवा सुरु गरेका खरेलको खास गणना भने ०४६ सालवाट नै हुन्छ । उनी ०७५ सालमा आइजीपी हुनेछन् ।
नम्मर – ३
आइजिपीका दावेदार
जयबहादुर चन्द
‘हरेकले आफूले पाएको जिम्मेवारी पुरागर्ने हो भने देश विकासकोलागी धेरै समय कुर्नु पर्दैन ।’ यस भनाईको प्रमाण भएर उभिएका छन् – उपत्यका ट्राफिक प्रहरी प्रमुख– डिआईजी जयबहादुर चन्द । उनी ट्राफिक प्रहरीका सम्पूर्ण खराव आचरण मेटेर नयाँ परिचय स्थापित गर्ने अभियानमा छन् । उनको सोच, विचार, ब्यवहार र दृढता हेर्दा लाग्छ, – ट्राफिक प्रहरीभित्र उनी परिचयको नयाँ धरहरा ठड्याउँदैछन् । आइजिपी हुन उनले ०७३ फागुनसम्म कुर्नु पर्ने छ ।
नम्मर – २
बौद्धिक ब्यक्तित्व
राजेन्द्रसिंह भण्डारी
नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख तथा एआईजी राजेन्द्रसिंह भण्डारी वर्तमान प्रहरी संगठन भित्र सवैभन्दा बौद्धिक मानिन्छन् । स्पष्ट विचार र अभिब्यक्ति रहेका भण्डारी भरपुर नेतृत्व क्षमता भएका प्रहरी हुन् । उनी हक्की पनि मानिन्छन् ।
प्रहरी भित्रका ठूला अपराध र भ्रष्टाचारका धेरै घटनालाई सतहमा ल्याईदिएका उनी क्षमतावान प्रहरी अधिकृत हुन् । एकथरी सुरक्षा विज्ञहरु उनी आइजीपी हुन नसक्नुलाई प्रहरी संगठनकै दुर्भाग्य मान्दछन् ।
नम्मर – १
संगठनका शिर
उपेन्द्रकान्त अर्याल
वर्तमान आइजीपी उपेन्द्रकान्त अर्याल आशा गरिएका प्रहरी प्रमुख हुन् । आवश्यकपर्दा नेतृत्वसँग भिड्नसक्ने तागत बोकेका उनी सवैलाई मिलाएर अघि बढ्न सक्ने हैसियत पनि राख्दछन् । ट्राफिक प्रहरी प्रमुख हुँदा उनले अख्तियार गरेका नियम र कार्यान्वयन पक्ष तारिफ योग्य थिए ।
मिलनसार स्वभावका उनी प्रहरीमा स्वच्छता कायम गर्ने सवालमा अगाडि छन् । सरुवा, बढुवा लगायतका प्रहरी भित्रका परम्परागत चलखेलमा समेत उनले आफूलाई स्वच्छ राखिरहन सक्नु पनि माननीय पक्ष हो ।
भावी प्रहरी प्रमुखहरु
०७३ का संभावित
जयबहादुर चन्द
नवराज सिलवाल
प्रकाश अर्याल
०७५ का संभावित
रमेस खरेल
सर्वेन्द्र खनाल
राजेन्द्रमान श्रेष्ठ
०७८ का संभावित
शैलेन्द्र थापा
प्रधुम्न कार्की
निरज शाही
छनौट विधी
१. जनताको पक्षमा काम गरेर मिडियामा छाएका ।
२. आफ्नो ब्याचमा पहिलो वा दोस्रो नम्मरमा पर्ने ।
३. प्रहरी संगठनमा सकारात्मक छवी वनाएका ।
४. बौद्धिक र अध्ययनशील ।
५. जनताले चिनेको ।
माथिका ५ गुण भएकाहरुलाई नै हिरोकालागी कसी लगाईयो । यसमा सुरुमा दुई दर्जन प्रहरी परे । त्यही दुई दर्जन भित्रवाट ५ जनाको नाम छनौट गरिएको हो । यसकालागी टिओके टिमले केही समय काम गरेको थियो । केही प्रहरीहरुको प्रत्यक्ष–अप्रत्यक्ष सल्लाह समेत लिईएको छ ।
Post a Comment