यसरि बद्नाम भए सुशील कोइराला

काठमाडौं । पार्टीका पदाधिकारी र बरिष्ठ नेताको सुझाव विपरीत प्रधानमन्त्रीमा उम्मेदवारी दिंदै लज्जास्पद पराजय बेहोरेको भन्दै कांग्रेसमा आरोप प्रत्यारोप सुरु भएको छ ।   दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकमा उम्मेदवारी दिन ‘उ’ पनि उच्चारण नगरेका सुशील कोइराला भारतीय राजदुतलाई भेटेपछि एकाएक उम्मेदवारमा खडा हुँदै प्रधानमन्त्रीमा लज्जाजनक पराजय बेहोर्न बाध्य भएका थिए । दुई तिहाई मतबाट यस अघि प्रधानमन्त्री चुनिएका कोइराला यसपटक जम्म्मा २४९ मतमा खुम्चिंदै सर्वत्र आलोचनाको पात्र भएका छन् ।   दुई तिहाईको प्रधानमन्त्री बन्दै आफ्नै नेतृत्वमा संविधान जारी गर्न सफल भएपछि कोइरालालाई एमालेलाई सहयोग गरेर अघि बढ्न दबाब थियो । अधिकतम सहमति वा बहुमत जुट्ने अवस्थामा मात्र कोइरालाबाहेक शेरबहादुर देउवा वा रामचन्द्र पौडेल अघि बढ्नुपर्ने माग विपरीत एकैरातमा कोइराला आफैं तयार भएपछि कांग्रेसकै नेताहरु आश्चर्यमा परेका थिए । संविधान जारी गरेर एउटा इतिहास कायम गरेको नेताले संसदमा राजीनामा नै नदिई पछि पुनः प्रधानमन्त्रीबाट राजीनमा दिएको एक घण्टामै प्रधानमन्त्रीका लागि त्यो पनि तयारी विनाको हार्नकै लागि उम्मेदवारी दिइएपछि कांग्रेसमा एक किसिमले सन्नाटा नै छाएको थियो ।   भद्र सहमति विपरीत सभापति अघि बढेपछि सहमहामन्त्री पदबाट पूर्णबहादुर खड्काले राजीनामा दिए भने नजिकबाट साथ दिंदै आएका कृष्ण सिटौला तीव्र असन्तुष्ट छन् । केपी ओलीलाई प्रधानमन्त्री बनाएर कोइरालाालाई राष्ट्रपति बन्न सुझाए पनि उनले सिंगाैरी खेल्दै पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक र आम जनताको अगाडि लाजमर्दो अवस्था ल्याइदिएको भन्दै नेताहरुमा यतिखेर तीव्र अससन्तोष र सन्नाटाको अवस्था छ ।   तर, अहिले आएर कोइरालाले बोली फेरेका छन्, ‘रामचन्द्रलाई दिउँभन्दा शेरबहादुरजीले मान्नुभएन । त्यसैले उम्मेदवारी दिन बाध्य भए ।’ केही नेता कार्यकर्तासँगको भेटमा सोमबार बालुवाटारमा सभापति कोइरालाले भने । तर, देउवा पक्ष यो आरोप मान्न तयार छैन । संसदीय दलको चुनाव गर्न माग गरे पनि तयार नभएको र एकैरातमा आफैं अगाडि बढ्ने बताएपछि देउवाले हुदैन भन्न नसकेको देउवा निकटका नेता बताउँछन् । ‘इतिहास कायम गरेको नेताले भर्खरै राजीनामा दिने र फेरि दाबी गर्ने लोभ देएपछिको परिणाम हो यो’ ती नेता भन्छन्, ‘अब अरुलाई दोष दिएर मैंलो पखाल्नतिर लाग्ने होइन, गल्ती भो भन्न सक्नुपर्छ ।’   कोइरालालाई उचाल्ने मिनेन्द्र रिजाल, विमलेन्द्र निधि, दिलेन्द्र बडु, शेखर कोइराला, अर्जुननरसिंह केसीसहितका नेतालाई कांग्रेसी नेताहरुले यतिखेर सत्तोसराप गर्न लागेका छन् । ‘पहले खुलेर इच्छा नगरे पनि रिजाल, निधिसहितका नेताले उचालेपछि सभापति जी मानेको देखियो’ ती नेता भन्छन, ‘राती भारतीय राजदुतसँग पनि भेटेको सुनियो, मधेसी सबै दलले पनि भोट हाल्ने एमाओवादी फुट्ने, दुवै
राप्रपाबाट केही सभासद् आउने रिपोर्टिङ भयो तर, अन्तिममा त्यस्तो भएन । लज्जास्पद हार हुन गयो ।’ तर, कोइराला अहिले देउवाको कारण भन्दै आफू चोखिन खोज्दै छन् । उचाल्ने नेताहरु नै अहिले आरोपप्रत्यारोपमा उत्रिएको कांग्रेस स्रोतको दाबी छ ।   यता सरकारमा साथ दिंदै आएका नरहरि आचार्य, महेश आचार्य, रामशरण महतसहितका नेताले भने ओलीलाई नै समर्थन गरेर जाँदा कांग्रेसका लागि राम्रो हुने सुझाव दिएका थिए । नरहरिले ट्वीट गर्दै उम्मेदवारी दिनु गल्ती भएको टिप्पणी गरेका थिए । दर्जनौं केन्द्रीय सदस्य र सभासद्हरुले पनि मिडिया र सामाजिक संजालमा कोइरालाले पार्टीलाई बदनाम बनाएको भन्दै लेखिरहेका छन् ।   साथ दिंदै आएर संविधानमा सहमति जुटाउनेदेखि असन्तुष्टलाई ल्याउन पहल गरेका सिटौला पन यतिखेर कोइरालासँग रिसाएका मात्रै छैनन् । भेट नै पातलो हुने गरेको छ । आफ्नो मात्रै नभई कांग्रेसलाई नै बद्नाम बनाएको आरोप कोइरालामाथि छ । भारतले देखाएको निर्मम हरकतलाई नाकाबन्दी भन्न नसकेको, खुमबहादुर खड्कालाई ३५ लाख बाँडेको र सबैतिरको माग विपरीत प्रधानमन्त्रीमा उम्मेदवारी दिइएपछि कोइरालाको लोकप्रियता एकाएक घटेको छ ।   सोही कारण अबको ५ महिनापछि हुने १३ औं महाविधेशनमा पनि कोइराला (संस्थापन)पक्ष यही कारण पराजित हुने आँकलन गर्न थालिएको छ । कोइराला बद्नाम भए पनि देउवालाई राजनीतिक फाइदा पुगेको नेताहरु टिप्पणी गर्न थालेका छन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget