आजको राशिफल
आजको पंचांग
वि.सं.२०७२ साल कार्तिक ७ गते शनिबार,
इ स २०१५ अक्टोबर २४ तारिख,
नेपाल संवत् ११३५ गुंलागा,
आश्विन शुक्लपक्षको द्वादशी तिथि रात्री १२:५९ बजेसम्म उपरान्त त्रयोदशी,
शतभिषा नक्षत्र बिहान ०७:२६ बजे सम्म उपरान्त पूर्बभाद्रपदा,
बृध्दि योग बिहान ०८:५८ बजेसम्म ,
बब करण दिवा ०२:०८ बजेसम्म बालब रात्री १२:५९ बजेसम्म,
आनन्दादियोगमा आनन्द योग,
चन्द्रमा कुम्भ राशिमा रात्रि १२:१६ बजे देखि मीन राशिमा,
काठमाडौंमा सूर्योदय ०६:०९ बजे सूर्यास्त ०५:३४ बजे,
दिनमान २८ घडी ०९ पला,
राहुकाल बिहान ०५:५८ देखि १०:२२ बजेसम्म ।
©ज्योतिषाचार्य पं . वासुदेव अधिकारी
श्री दुर्गा ज्योतिष सेवा केन्द्र
माछापोखरी काठमाडौँ
९८५११७५०४७
skyp:- online.jyotish1
https://www.facebook.com/durgajyotishsewakendra
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
आजको दिन निकै रमाइलो रहनेछ,पुराना साथी संगको भेटघाटले नंया उर्जाको प्रबाह हुनेछ,आर्थिक कारोबारमा उल्लेख्य सुधार आउनेछ, प्रितिकारक समय रहनेछ भने मनोरन्जनात्मक रुपमा समय व्यतित हुनेछ,आजको लागि शुभ अंक ६,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब इष्टदेबको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
ब्यबसायिक क्षेत्रमा सुधारको संकेत देखिनेछ,विशिष्ट व्यक्ति संगको भेटघाट र सामिप्यताले दिर्घकालिन योजनाको थालनी गर्न बिशेष सहायता प्रादान गर्नेछ,माता पिताको लागि समय खर्चिनु पर्ने देखिन्छ,राज्यक्षेत्रबाट मान प्रतिष्ठा मिल्ने देखिन्छ, आजको लागि शुभ अंक ९,शुभ रंग कलेजी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ सों सोमाय नमः यो मन्त्र १६ पटक स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
धार्मिक भाब जागृत हुनेछ भने आजको दिन धार्मिक कार्यमा बित्नेछ,समाजको लागि बिशेष महत्वपूर्ण भूमिका निर्बाह गर्नु पर्ने समय आएकोछ,इज्जत प्रतिष्ठाको वृद्धि हुनेछ भने तपाइको कामको सबैले प्रशंशा गर्नेछन,हतारो पनले भने काममा बिध्न ल्याउन सक्छ,आजको लागि शुभ अंक ७,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ कुलदेबताभ्यो नमः यो मन्त्र सम्झेर अगाडी बढे सफलता हात लाग्नेछ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
आर्थिक क्षय हुन सक्नेछ भने आज शरीरमा चोटपटक लाग्न सक्छ,सहकर्मी मित्रहरुबाट असहयोगका साथै बिस्वासघात हुनसक्छ,रिस बढ्नाले काममा अबरोध ल्याउन सक्छ,संयमित भएर चलाखी पूर्ण रुपमा अगी बढ्नुपर्ने समय छ,आजको लागि शुभ अंक ५,शुभ रंग हल्का रातो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ रां राहबे नम: यो मन्त्र जपेर अगाडी बढे सफलता हात लाग्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
ब्यबसायिक रुपमा आजको दिन सफल रहनेछ,प्रेम सम्बन्धमा सकारात्मक उर्जा प्राप्ति हुने देखिन्छ,लामो र फाइदा जनक यात्राको सम्भाबना देखिन्छ,पशु जन्य व्यवसायमा निकै सफलता हात लाग्नेछ,नया कामको सुरुवात अपरान्ह पूर्ब नै गर्नु उचित देखिन्छ, आजको लागि शुभ अंक ४,शुभ रंग घ्यु रंग हो भने,कुनै काम सुरुवात गर्नु पहिले ॐ नमो भगवते बासुदेबाय यो मन्त्र १२ पटक जप गरेर अगाडी बढे उत्तम फल हात लाग्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
आजको दिनमा शत्रु परास्त गर्न सकिनेछ,विरोधीहरु तपाइको सहयोगी बनेर आउनेछन्,बिग्रेको स्वास्थ्यमा क्रमिक सुधारको लक्षण देखिनेछ, बिपरित लिंगी संग साबधानी पुर्बक गरिएको सहकार्यले ब्यापार व्यवसायमा फाइदा पुर्याउने देखिन्छ,आजको लागि शुभ अंक ७ शुभ रङ्ग निलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ शं शनिश्चराय नमः यो मन्त्र २३ पटक जपेर अगाडी बढे शुभ हुनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
पढाइ लेखाइमा बिशेष लगाब बढे संगै सफलता पनि मिल्नेछ,साहित्यिक लेखनमा रुची बढ्नुको साथै त्यस्ता कार्यक्रमहरुमा सहभागी भइएला,सन्तानको उन्नतिमा मन रमाउनेछ, खानपान र यात्रामा कमजोरी आउनाले स्वास्थ्य केहि बिग्रन सक्ने देखिन्छ आजको लागि शुभ अंक २,शुभ रंग पहेलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब कुमार कार्तिकेय भगवानको स्मरण दर्शन पूजा गरेर अगाडी बढे राम्रो हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
आजको दिन मन निकै चंचल रहनेछ भने बिभिन्न किसिमका खराब सोचाइहरु बढ्न सक्ने अवस्था छ,पारिवारिक स्वास्थ्यमा खराबी आउनेछ, आफन्त संग झैँ-झगडा हुन सक्ने देखिएकाले बिबादबाट टाढा रहनु होला,आजको लागि शुभ अंक १ शुभ रंग हल्का रातो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब भगवती देबीको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
मनोरंजानात्मक कार्यमा समय व्यतित हुनेछ,मिष्ठान्न भोजन संगै रमाइलो यात्राको अवसर जुट्नेछ,पराक्रमी काम गर्ने प्रेरणा मिल्नेछ,पढाई लेखाइमा सकारात्मक सुधार हुने समय छ,सहोदरमा खटपट आउन सक्छ आजको लागि शुभ अंक १,शुभ रंग छिर्केमिर्के हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नम शिवाय योमन्त्र जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
संचित धनको नोक्सानि हुन सक्छ,बोलीको शक्ति भने यथावत रहनेछ,छोटा र महत्वपूर्ण यात्राको अवसर मिल्नेछ,कृषिजन्य ब्यबसायमा मनग्य लाभ उठाउन सक्ने अबस्था आउनेछ,नहड्बडाइ काममा लागे सफलता मिल्नेछ,आजको लागि शुभ अंक ५,शुभ रंग पहेलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मी नारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
आजको दिनमा प्रशस्त धनार्जन गर्ने अवसर मिल्नेछ,साथि संगी संगको महत्वपूर्ण भेटघाटमा समय बित्नेछ,सहयोगीहरुको संख्या बढ्नेछ भने सामाजिक र राजनैतिक रुपमा बिशेष ख्याती कमाइनेछ,पढाइ लेखाइमा सुधार आउनेछ,आजको लागि शुभ अंक ३,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ कें केतवे नमः यो मन्त्र २७ जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
आज हात लागेको सफलता आफ्नै हेल-चेक्र्याईले फुत्कन सक्ने देखिन्छ,सर-सामान हराउन सक्नेछ भने बहुमुल्य बस्तुको क्षति हुन सक्छ,आफन्त संगको सम्बन्धमा कमजोरी आउन सक्नेछ,जरुरि काम बाहेक यात्रामा ननिस्कनु उचित हुनेछ,आजको लागि शुभ रंग रातो,शुभ अंक २ हो भने कामको सुरुवात गर्नु पुर्ब ॐ बृं बृहस्पतये नमःयो मन्त्र उच्चारण गरेर अगाडी बढे सफलता मिल्नेछ ।
Post a Comment