मदेशी मोर्चाका कार्यकर्ताहरुले ट्रकमा तोडफोड र आगजनी हेर्नुस पुरा

वीरगन्ज : दसैंको बेला आन्दोलनलाई केही खुकुलो बनाएका मधेसी दलहरुले शुक्रबारदेखि आन्दोलनलाई फेरि कडा बनाएका छन् । शुक्रबार पर्सा र बाराका विभिन्न स्थानमा मधेसी दलका कार्यकर्ताहरुले प्रदर्शन गर्दै सवारी साधनहरुमा तोडफोड र आगजनी गरेका छन् ।मधेस आन्दोलनको अवज्ञा गरी सामान ओसारेको भन्दै आन्दोलनरत दलका कार्यकर्ताहरुले वीरगन्जको बाइपास रोडमा अवस्थित ब्रम्ह चोकमा शुक्रबार साँझ एउटा मालवाहक ट्रकमा तोडफोड गरेका छन् । चितवन लैजानका लागि दाल ,चामल,खुर्सानी, नुन लगायतका दैनिक उपभोग्य वस्तु लोड गरिएको ना ४ ख ४७७४ नम्बरको ट्रकमा आन्दोलनकारीहरुले तोडफोड गरेका हुन् । तोडफोडबाट ट्रकको अगाडिको शिशा फुटेको छ ।
 आन्दोलनकारीहरुले ट्रकमा तोडफोड गर्न थालेपछि स्थानीय केही व्याक्तिहरुले ट्रकमा रहेका आधा भन्दा बढी सामान लुटेर लगेका छन् । ट्रकबाट आधा भन्दा बढी सामान लुटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ट्रकमा तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले आकाश सोनारसहित चार जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए । यस्तै शुक्रबार नै वीरगन्ज पथलैया सडकखण्डको चैनपुर चोकमा आन्दोलनकारीहरुले एउटा मोटरसाइकलमा आगजनी गरेका छन् ।
 १०÷१२ जनाको संख्यामा रहेका आन्दोलनकारीहरुले वीरगन्जबाट ग्यालेनमा पेट्रोल लिएर पथलैयातर्फ जाँदै गरेको बा १२ प २५४४ नम्बरको मोटसाइकलमा आगजनी गरेका हुन् । आगजनीबाट मोटरसाइकल जलेर पुर्णरुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ । आन्दोलनकारीहरुले बाराको बहुअरीमा पनि बिहीबार राति धर्मनगर–९ निवासी सुरेश यादवको ना३प ७१४६ नम्वरको मोटरसाइकलमा आगजनी गरेका थिए । बाराको जीतपुरमा पनि शुक्रबार बिहान आन्दोलनकारीहरुले आधा दर्जन टयाम्पुका शिशा तोडफोड पनि गरेका छन् । यस्तै पर्साको सखुवा प्रसौनीमा शुक्रबार बिहान स्थानीयवासीले भारतबाट तस्करी गरेर ल्याएको तीन सय लिटर डिजेल नियन्त्रणमा लिएर नष्ट पारेका छन् ।
भारतबाट तस्करहरुले ल्याएको डिजेल स्थानीयवासीले नियन्त्रणमा लिएर नष्ट पारेको स्थानीय प्रकाश यादवले जानकारी दिए । यस्तै पर्साकै बैरियाबिर्ता गाविसको ध्यानसिंह पिपरा टोलमा पनि शुक्रबार बिहान स्थानीय युवाहरुले भारतबाट तस्करी गरेर ल्यएको २ सय ५० लिटर डिजल र पेट्रोल कब्जामा लिएर नस्ट पारेको स्थानीय मनोज पटेलले जानकारी दिए । यसैगरी वीरगन्ज पथलैया सडकखण्डको परवानीपुर र चैनपुरमा पनि शुक्रबार बिहान आन्दोलनकारीहरुले डिजेल नियन्त्रणमा लिएर नष्ट पारेका छन् । आन्दोलनकारीहरुले परवानीपुरमा एक सय लिटर र चैनपुरमा एक सय ५० लिटर डिजेल नियन्त्रणमा लिएर नष्ट पारेका हुन् । चैनपुरमा आन्दोलनकारीहरुले डिजेल कब्जामा लिएर नष्ट पार्ने क्रममा प्रहरीसँग सामान्य झडप पनि भएको तराइ मधेश विधार्थी फ्रन्ट बाराका अध्यक्ष सन्तोष यादवले बताए । मधेसी मोर्चाले वीरगन्ज रक्सौल नाकामा पर्ने दशगजा क्षेत्रको मितेरी पुलमा गरेको नाकाबन्दी ३० दिन पुगेको छ । यस्तै मधेशमा आह्वान गरिएको बन्द हडताल पनि साढे दुई महिना देखि जारी नै छ ।
 आन्दोनलनकारीहरुले दशगजा क्षेत्रमै धर्ना दिएर नाका ठप्प पारेका कारण नाकाबन्दी शुरु भएकै दिन देखि भारतबाट कुनै पनि मालवाहक गाडी वीरगन्ज भित्रिन पाएको छैन । वीरगन्जको मधेश आन्दोलन र नाकाबन्दीमा मधेसी जनता स्वस्फुर्त सहभागी भइरहेका छन् । पर्सा र बाराका ग्रामीण क्षेत्रबाट आमसर्वसाधारण ट्याक्टर र मोटरसाइकलमा बाजागाजासहित जुलुश निकालेर मितेरी पुलमा जारी नाकाबन्दी र धर्नामा सहभागी हुदै आएका छन् । स्रोत अन्नपूर्ण पोस्ट .कम
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget