भारतको पश्चिम बंगालबाट कम्युनिष्टहरु हारेको चर्चा गर्नेहरुलाई अहिलेको चुनावले जवाफ दिएको वाममोर्चाका नेताले बताएका छन् । सिलगुडी नगरपालिका र महकुमा परिषदको चुनावमा समेत वामपन्थीले बहुमत हासिल गरेका छन् । खोरीबारीजस्तो तृणमूलको प्रभाव रहेको क्षेत्रमा समेत वाममोर्चाले जितेको छ । मार्क्सवादी कम्युनिष्ट पार्टी छाडेर तृणमूलमा लागेकी ज्योती तिर्की पञ्चायत समितिको चुनावमै हारेकी छ#2367;न् । स्थानीय चुनावको परिणामपछि तृणमूल कांग्रेस र बीजेपीका जिल्ला नेताहरुमा निराशा छाएको छ भने वामपन्थीहरु उत्साहित देखिएका छन् ।
स्थानीय चुनावको यो परिणामले पश्चिम बंगालको आगामी विधानसभा चुनावबाट वाममोर्चा सत्तामा पुनस्थापित हुने धेरैले अनुमान लगाउन थालेका छन् । स्थानीय ग्राम पञ्चायत एवं पञ्चायत समितिहरुमा चुनावमा कांग्रेसले ६१ सीट जितेको छ भने बीजेपीले २२ सीटमात्रै हात पारेको छ । तृणमूल कांग्रेसले १५३ सीट हात पारेको छ । गत साल सम्पन्न भारतीय लोकसभाको चुनावमा बिहार र पश्चिम बंगालमा सम्मानजनक स्थान पाएको भारतीय जनता पार्टीको प्रभाव खस्किएको रुपमा यो चुनावलाई भारतीयहरुले विश्लेषण गरेका छन् ।
बीजेपीले पाएन नेपालीको भोट
विगतमा बीजेपीले नेपाली भाषीहरुको भोट पाउने गरेकोमा यसपालि नक्सलवाडीलगायतका स्थानमा रहेका नेपालीभाषी मतदाताले वाममोर्चालाई सघाएको चर्चा छ । भारतको सिलिगुडी एवं नक्सलवाडीलगायतका स्थानमा नेपाली मूलका भारतीयहरुको उपस्थिति रहेको छ । भारतीय प्रधानमन्त्रीले नेपालमाथि नाकाबन्दी लगाएकाले नेपालीभाषीहरु विजेपीबाट विकषिर्त भएको कतिपयको अनुमान छ । पश्चिम बंगालमा बसोबास गर्ने नेपाली भाषीको नाता सम्बन्ध र बिहाबारी झापा र मोरङका नेपालीहरुसँग हुने भएकाले यो रोटी बेटीको नाताका कारण मोदीको नेपाल नीतिले उनीहरुमा प्रभाव पारेको बताइन्छ ।
बिहारमा बीजेपी हार्छ : येचुरी
यसैवीच मार्क्सवादी कम्युनिष्ट पार्टीका महासचिव सीताराम येचुरीले आसन्न बिहारको चुनावमा समेत बीजेपीले धक्का खाने बताएका छन् । आरएसएस प्रमुख मोहन भागवतले दलितहरुले पाउँदै आएको आरक्षणको विरोध गरेका कारण बिहारमा बीजेपीलाई झड्का लाग्ने येचुरीले भारतीय सञ्चारमाध्यमलाई बताएका छन् । बीजेपीले आरएसएसमार्फत हिन्दुराष्ट्र बनाउने अभियान चलाएको र दादरीमा भएको हत्याकाण्ड यसैको प्रमाण भएको उनको आरोप छ । आजको अन्लांइनखबर्मा खबर छ
Post a Comment