जब सत्ताको चर्चा हुन्थो, सँगसँगै मन्त्रीको रुपमा उनको पनि चर्चा हुन्थ्यो । तर, अन्तिम समयमा उनको नाम अटाउँदैन थियो । र, पनि उनको नाम जहिल्यै पनि ‘वेटिङ मिनिस्टर’को रुपमा लिइन्थो । पटक पटक यही नियति भोगेका उनले पार्टीभित्र भने इमान्दार र कर्तब्यनिष्ठ नेताको पहिचान बनाए । पहिचानलाई उचाईमा पुर्याउने प्रयास जारी रहेकै बेला प्रयासलाई बीचमै अलपत्र छाडेर बिदा भए उनी अर्थात चन्द्रबहादुर गुरुङ ।
स्याङ्जामा जन्मिएर ४ दशकबढी राष्ट्रवादी राजनीतिमा होमिएका गुरुङ राष्ट्रवादी आन्दोलनलाई कुनै दिशा नदिई असरल्ल छाडेर बिदा भए । तत्कालित पञ्चायतसँग निकट विद्यार्थी संगठनबाट राजनीति थालेका उनी राप्रपा नेपालको महामन्त्रीसम्म बन्न सफल बने ।
जीवनको ६ दशक अनेकौं राजनीतिक उतारचढावका बाबजुद आफ्नो वैचारिक निष्ठामा सधैं अविचलित र अपराजित उनी पराजित बन्न पुगे क्यान्सरसँग । र, राष्ट्रवादी नेता गुरुङले विदेशी भूमि अमेरिकाको कोलराडामोमा अन्तिम स्वास लिए गत भदौ १६ गते ।
मन्त्रीको रुपमा उनको चर्चा हुन्थ्यो । तर, अन्तिम समयमा उनको नाम अटाउँदैन थियो । र, पनि उनको नाम जहिल्यै पनि ‘वेटिङ मिनिस्टर’को रुपमा लिइन्थो । पटक पटक यही नियति भोगे !
राजसंस्था र बहुदलिय प्रजातन्त्रप्रतिको आस्थाबाट कहिल्यै विचलित नभएका गुरुङको परिवार थियो अमेरिकामा । तर, परिवारको चाहना विपरित राष्ट्रवादी आन्दोलनमा निरन्तर लागिपरिरहे । श्रीमती र छोराछोरी अमेरिकामा बसेपनि उनीहरुलाई विस्वासमा लिएर उनी एक्लै नेपालमा बसेर राष्ट्रवादी आन्दोलनमा निरन्तर क्रियाशिल भएका थिए । उनको परिवार अमेरिकामा थियो तर उनी सँधै पार्टीप्रति प्रतिबद्ध रहे । उनले राजनीतिलाई परिवार भन्दा पनि ठूलो ठान्ने गरेको मशसुश मैले सधैं गरेको छु । यसका लागि परिवारलाई उनले ‘कन्भिन्स’ गराएका थिए । बेलाबेलामा परिवारलाई भेट्न अमेरिका गएपनि राष्ट्रवादी आन्दोलनमा लागेर नेपालमै मर्ने चाहना राख्ने उनको बिलय भने विदेशी भूमिनै बन्न पुग्यो ।
फरक बाटो हिँड्दा पनि नटुटेको सम्बन्ध
३५ वर्षअघि जब गुरुङ खेलकूद क्षेत्रमा आए त्यतिनै बेला खेलाडी संघमा म पनि आएँ । हामीबीच पहिलो भेट भएको त्यही थियो । त्यसअघि सम्म कुनै चिनजान नरहेका दुईबीच घनिष्टना सुरु भयो र चलिरह्यो, अन्तिमसम्म । ३५ सालबाट खेलकूद क्षेत्रमा लागेको म मोरङ जिल्ला खेलकूद विकास संघको उपाध्यक्ष, कोशी खेलकूद संघको सदस्य, अध्यक्ष हुँदै बक्सिङ संघको केन्द्रीय उपाध्यक्ष हुन पुगेका हो भने गुरुङ राजनीति हुँदै खेलकूद परिषद्मा सदस्यको रुपमा पुगेका थिए । बक्सिङको १० वर्षसम्म भएको नाताले हामी विभिन्न देशमा सँगै पुग्यौ । साथै उही राजनीतिक आस्थाका कारण पनि सम्बन्ध प्रगाढ बन्दै गयो । तत्कालिन मोरङ पञ्चायत सदस्य हुँदै उपप्रधानपञ्चसमेत रहेको र केन्द्रमा आएपछि पनि पञ्चायतकालीन राजनीति र खेलकूदमा आबद्धता चलिरह्यो ०४२ सालसम्म । त्यसपछि भने खेलकूद र राजनीतिलाई साइड लगाएर व्यापारमा होमिएपनि राजनीतिमा नै रहेका गुरुङसँग निरन्तर सम्बन्ध र सम्पर्क भने चलिरह्यो । पछि दोस्रो संविधानसभाताका पार्टीमा प्रवेश गरेसँगै फेरि केन्द्रीय सदस्य पार्टी प्रचारविभाग प्रमुख हुँदै कोषध्यक्षसम्म बन्दा सम्बन्ध थप प्रगाढ बन्यो ।
हुन त कमल थापासँग पनि मेरो पुरानो मित्रता हो । सबैसँगको मित्रताका कारण पार्टीमा पुनरागमन हुन पनि सहज भयो । पुरानो सम्बन्ध रहेकाले नयाँ फिल पनि भएन ।
रिसले आगो भएकालाई समेत हसिलो बनाउन सक्ने क्षमता
गुरुङको निकटता समकालिन पुस्ताका पुृस्ताका कमल थापा, निरञ्जन थापा, राजीव पराजुली, दिनेश श्रेष्ठ भाष्कर भद्रा, चन्द्र गुरुङ ‘रमेश’ देखि गणेश थापा, मोहन श्रेष्ठ, राजाराम बर्तौलालगायतसँगसम्म थियो । उनीमा सकारात्मक सोचको साथ समस्याको समाधान निकाल्न माहिर थिए भने जोसुकैलाई पनि प्रभाव पार्न सक्ने क्षमता थियो । ‘टेन्सन फ्रि मान्छे, कुनै पनि कुरामा टेन्सन नलिने । जे कुरालाई पनि ट्याकल गर्न सक्ने विषेशता । अझ जस्तोसुकै आक्रोशमा रहेका मानिसलाई पनि ‘कुल’ बनाउन सक्ने क्षमता उनमा रहेको थियो । कोहि मान्छे झगडा गरेर जाने मनसाय बनाएर आउँथे भने पनि त्यो मान्छेलाई उनको कार्यकक्षबाट बाहिर निस्कने बेलासम्ममा हसिलो बनाएर बनाउन सक्ने क्षमता उनमा थियो । जस्तो सुकै अवस्थालाई पनि आफ्नो बसमा राख्न सक्ने क्षमता भएको मान्छे हो ऊ ।
कमल थापाको ‘एस म्यान’
पार्टीको विचार सिद्धान्त र एजेण्डा ल्याउने कमल थापा बिचार हो भने ड्राइभर गुरुङ हुन् । गाडी कमल थापा हुन् भने त्यसलाई हाक्ने चन्द्रबहादुर गुरुङ हुन् ।
chandra b gurungकमल थापालाई आदर गर्ने उनी अध्यक्षको लागि दाहिने हातनै हुन् । राजनीतिक पाटो त छँदैथियो पारिवारिक सम्बन्ध पनि प्रगाढ थियो थापा र गुरुङको । दाजुभाईको जस्तो सम्बन्ध थियो । एकअर्काप्रति राजनीतक मात्रै होइन पाटी पारिवारिक कुराहरु हुन्थे । राप्रपा नेपाल बनाउन कमल थापाले जति दुख गरेका छन् त्यति नै दुख गुरुङको पनि छ । यसअर्थमा अध्यक्षले एउटा खम्बा नै गुमाएका छन् । विषेश गरि पार्टीमा गुरुङको सांगठनिक भूमिका थियो भने अध्यक्षको काम विचार प्रवाह गर्ने । या भनौं अध्यक्षको बिचारलाई हाँक्ने काम गरे गुरुङले । कमल थापाको यसम्यानका साथसाथै पार्टीको नीतिलाई इमान्दारीका साथ कार्यान्वयन गर्ने मान्छे नै हुन् गुरुङ । एसम्यान यो सेन्समा कि पार्टीको विचार सिद्धान्त र एजेण्डा ल्याउने कमल थापा बिचार हो भने ड्राइभर गुरुङ हुन् । गाडी कमल थापा हुन् भने त्यसलाई हाक्ने चन्द्रबहादुर गुरुङ हुन् । उनीहरुबीच कहिल्यै विवाद भएको पनि थाहा भएन । बरु पार्टीभित्रका हुने विभिन्न बहसलाई उनले मध्यस्थकर्ताको भूमिका खेलेर समाधान निकाल्थे ।
एक्लोपन, अव्यवस्थित खानपान र क्यान्सर
राजधानीमा आफ्नै घर भएपनि सनराइज अपार्टमेन्टमा बस्थे उनी । एक्लै भएकाले कहिले घरमा त कहिले बाहिर खाना खाने उनी स्वास्थ्य प्रति भने सचेत थिए । धुम्रपान र मध्यपानको आदत थिएन । नियमित एक्सरसाइज गर्थे , ब्याडमिन्टन खेल्थे । तर, परिवार अभावले खानपिन भने व्यवस्थित हुन सकेन । र, पेटको रोगले समात्यो । हामी कयौ रात बिताएका छौं । व्यक्तिगत गफ गरेका छौं । राजनीतिक छलफल गरेका छौं तर उनी तनाव लिने मान्छे भने हुँदै होइन । तर, अचानक पेट दुखेको भन्दै एक महिनाअघि अस्पताल गएछन् सुमेरुमा ।
राजधानीमा आफ्नै घर भएपनि सनराइज अपार्टमेन्टमा बस्थे उनी । एक्लै भएकाले कहिले घरमा त कहिले बाहिर खाना खाने उनी स्वास्थ्य प्रति भने सचेत थिए । धुम्रपान र मध्यपान लिन्थे तर कहिलेकाहिँ । नियमित एक्सरसाइज गर्थे , ब्याडमिन्टन खेल्थे । तर, परिवार अभावले खानपिन भने व्यवस्थित हुन सकेन । र, पेटको रोगले समात्यो ।
पछि उनले नै फोन गरेपछि थाहा भयो । बायोप्सी भयो । रिपोर्टमा केही देखिएन । तर, दुखाइ बिसेक नभएपछि झन् झन् गल्दै गए । पछि नर्भिक अस्पतालमा मधु घिमिरेसँग जचाउँदा क्यान्सर लागेको पत्तो लाग्यो । क्यान्सरको अवस्था गम्भीर भइसकेको पत्तो लागेपछि उनलाई दिल्ली लगियो । दिल्लीको मेदान्तबाट पनि परिवारको इच्छाअनुसार अमेरिका लगियो । अमेरिकाको कोलोराडोमा रहेको अस्पतालमा एकपटक किमो दिइयो । तर, उनको शरीरले धान्न सकेन ।
पार्टीले खम्बा गुमायो, धेरै चन्द्र बहादुर जन्माए
पार्टीले एउटा खम्बा गुमायो । नेता गुमायो । बिचारको प्रतिनिधित्व गर्ने नेता गुमायो । राष्ट्रवादी आन्दोलनमा उनको भूमिका भएपनि कहिल्यै उच्च पदमा पुग्न सकेनन् । यो उनको लागि ब्याडलक नै हो । उनले निकै चन्द्रबहादुर जन्माएका छन् । अब उनलाई हामीले नपाएपनि अबको चन्द्रबहादुरले उनको विचारलाई प्रतिनिधित्व गर्छन् ।
चन्द्रबहादुर ‘हाइलाइट्स’
जन्मः २०१२ माघ ५ गते
जन्म स्थानः पञ्चमुल गाविस वडा नं. ८ माझकटेरी, स्याङ्गजा
विद्यार्थी जिवनदेखि नै सामाजिक र राजनीतिमा सक्रिय रहनु भएका गुरुङ्ग नेपाल युवक संगठनको केन्द्रीय सहसचिव (२०३९ देखि २०४३), केन्द्रीय सभापति (२०४३ देखि २०४६)
पञ्चायत नीति तथा जाँचबुझ समितिको सदस्य
अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष २०४६
राष्ट्रिय खेलकुद परिषदको सदस्य (२०४५ देखि २०४६)
राप्रपाको संस्थापक सदस्य, केन्द्रीय सदस्य
राप्रपा नेपाल गठनमा अग्रणी भूमिका २०६२
संविधानसभा सदस्य तथा संसदीय दलको नेता (२०६४ देखि २०६८)
महामन्त्री (२०६७ देखि हालसम्म)
(प्रस्तुतीः राजकुमार सिग्देल/ रातोपाटी)
Post a Comment