बाबुराम र हिसिलाले क्याम्पस पढाउने, मानुषीले बाख्रा पाल्ने !


काठमाण्डु, १२ कात्तिक– नयाँ संविधान जारी भएसँगै एकीकृत माओवादी परित्याग गरी नयाँ शक्ति निर्माणको कसरतमा जुटेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले व्यक्तिगत जीवन यापनका निम्ति श्रीमती हिसिला यमी र आफू दुवैले विश्वविद्यालयमा प्राध्यापन गर्ने बताएका छन् ।

बीबीसी नेपाली सेवाको नेपाल सन्दर्भ कार्यक्रमका लागि बुधबार राति रवीन्द्र मिश्रसँग कुरा गर्दै उनले विश्वविद्यालय मा पढाउने वा ‘साथीभाइ’ का कन्सल्टेन्सीमा केही समय काम गर्ने बताएका हुन् ।
आफू र श्रमती यमी दुवै ‘आर्किटेक्ट प्लानर’ भएकाले आफ्नो पेट पाल्न समस्या नरहेको उनको भनाइ थियो ।
‘म आफैं र हिसिला यमी दुवैजना आर्किटेक्ट प्लानर हौं । हामीले यवसाय गरेर नै आफ्नो नीवन सम्माननजनक ढंगले पाल्न सक्छौं’, भट्टराईले भने, ‘विभिन्न साथहीभाइका कन्सल्ट्यान्सीहरु छन् । केही निश्चित समय त्यसमा काम गर्ने । अथवा कलेज वा युनिभर्सिटीमा प्राध्यापन गर्न हिसिला जीले पनि सक्नुहुन्छ मैले पनि सक्छु ।’
भट्टराईले पारिवारिक खर्चका लागि छोरी मानुषीले गाउँमा बाख्रा पालनको तयारी गरिरहेको समेत बताए ।
आफ्नो पेट पाल्न श्रमबाट आर्जन गरे पनि अफिस सञ्चालन र लजिस्टिकका लागि भने खुला र पारदर्शी ढंगले सहयोग लिने र प्रविधिको उपयोगमार्फत त्यसलाई सार्वजनिक गर्ने बताए ।
उनले आफू आम्दानी र खर्च पारदर्शी हुनुपर्ने विचार राख्ने व्यक्ति भए पनि विगतमा त्यसो गर्न नसकेको स्वीकार गरे ।
नयाँ शक्ति निर्माणको प्रक्रियासँगै पारदर्शीतालाई जोड दिने उनको भनाइ छ । ‘विगतमा पार्टी, साथीभाई र शुभचिन्तकहरुबाट सहयोग हुँदै आएको हो ।  तर ती सबै हामीले सार्वजनिक गर्ने गरेका थिएनौं’, भट्टराईले भने, ‘नयाँ शक्ति निर्माण गर्ने अभियानसँगै ती सबै कुरा सार्वजनिक गर्छौं ।’
भट्टराईले पहिलोचोटि गोखरामा निर्वाचन लड्दा ६ लाख खर्च भएको तर दोश्रो पटकको खर्च आफैंलाई थाहा नभएको भन्दै निर्वाचन आयोगमा बुझाएको विवरण झुठो भएको समेत स्वीकार गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget