मन्त्रीहरुको जिम्मेवारी यसरि टुंगो लाग्यो

आश्विन २५, २०७२- नवगठित मन्त्रिपरिषद्मा मन्त्रालयको टुंगो लागेको छ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले कमल थापालाई उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएका छन् । विजय गच्छदारले उपप्रधानमन्त्रीसहित भौतिक योजना तथा निर्माण मन्त्रीको जिम्मेवारी पाएका छन् ।
आजै सपथ खाएका हरिबोल गजुरेललाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै, सोमप्रसाद पाण्डेलाई उद्योग र अग्नी खरेललाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
रामकुमार सुब्बा र सत्यनारायण मण्डलले जिम्मेवारी पाउने मन्त्रालयको टुंगो लागिसकेको छैन् ।
आज प्रधानमन्त्रीसहित दुई उपप्रधान र ५ मन्त्रीले राष्ट्रपति रामवरण यादवसमक्ष सपथ ग्रहण गरेका हुन् ।
नवगठि मन्त्रिपरिषद्को बैठक आजै बस्ने बताइएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget