एमालेको नेतृत्व कांग्रेसले नमान्ने

प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन अस्वीकार गरेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
उनले एमालेलाई प्रतिपक्षमा राखेर आफ्नै नेतृत्वमा बहुमतीय सरकार बनाउने प्रस्तावसमेत गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउनुपर्ने प्रस्ताव लिएर शनिबार साँझ बालुवाटार पुगेका एमाओवादी अध्यक्ष प्रचण्डको प्रस्ताव कोइरालाले अस्वीकार गरेको बालुवाटार स्रोतले बतायो ।
प्रचण्डले १६ बुँदे सहमति गर्दाको अनौपचारिक सहमतिअनुसार एमाले नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने प्रस्ताव राखेका थिए । कोइरालाले कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्ने र त्यसमा सहयोग गर्न प्रचण्डलाई आग्रह गरेको स्रोतले बतायो ।
‘एमाओवादी अध्यक्षले संविधान संशोधन कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार चाहिन्छ । १६ बुँदे सहमति गर्दा एमाले नेतृत्वमा सरकार बनाउने सहमति भएकै हो भन्ने धारणा राख्नुभयो,’ बैठक स्रोतले भन्यो, ‘तर, कोइरालाले एमालेलाई सरकारको नेतृत्व दिने कुरा मान्नुभएन । उहाँले आफ्नै नेतृत्वमा सरकार बनाउने संकेत गर्नुभयो ।’ प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न साँझ ६:२० बजे बालुवाटार पुगेका थिए । उनी प्रधानमन्त्री कोइरालासँग २० मिनेट मात्रै कुरा गरेर निस्किएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget