होला नि त भन्ने सोचें उनले घरमै बोलाएर पहिलोचोटी मेरो सहमतिमा शारीरिक सम्पर्क राख्यो । सात दिन नबित्दै काभ्रेको दोलालघाट बोलायो र साथीहरुलाई समेत सम्पर्क गर्न भन्दै आफुले गरेर छाडिदियो ।’ १७ वर्षीया युवती प्रहरीको बयान दिँदै थिइन्, ‘प्रेम गर्छ भनेर सुम्पिदिएँ, त्यसको फाइदा उठाउँदै उसले रक्सी खुवाएर झ्याप्प भएपछि पालैपालै सम्पर्कको लागि पठायो ।’ उनको बिलौना थियो, ‘म प्रेम गर्छु, ऊ शारीरिक सम्पर्क ।’
सामूहिक बलात्कारपछि मैले प्रहरीकोमा उजुरी दिएँ, ऊ विवाह गर्छु उजुरी नदेऊ भन्दै परिवारमार्फत धम्क्याउँछ । ‘विवाह गथ्र्यो भने आफू शारीरिक सम्पर्क राखेर अर्को साथीलाई पटाउँथ्यो ? उसलाई हदैसम्मको कारबाही हुनुपर्छ,’ उनले भनिन् ।
पाँचखाल नगरपालिका–६ की कक्षा ११ मा अध्ययनरत १७ वर्षीया युवती सोही नगरपालिका–३ घर भएका १९ वर्षीय आदित्य अधिकारीले गरेको प्रेमको अभिनयमा दोलालघाटमा सामूहिक बलात्कारमा परेकी छिन् । तामाङहरुको ल्होसारको अवसर पारी पाँचखलबाट कार्यक्रम हेर्न जाने भन्दै बोलाएर दोलालघाट–८ स्थित लजसमेतको होटलमा खाजा खुवाउँदा पानीमा रक्सी मिसाएर बेहोस बनाइएको र कोठामा पुर्याएर बलात्कार गरेको पीडित युवतीले दिएको जाहेरीमा उल्लेख छ ।
माघ ७ गते दिउँसो आदित्यले आफू पलाञ्चोक गएको र त्यताबाट दोलालघाट आउने भन्दै कुनै पनि हालतमा आउन भनेकोले प्रेमीको कुरा काट्न नसक्दा बलात्कृत भएको र उनको साथी पाँचखल नगरपालिका ६ घर भएका २५ वर्षीय समीर श्रेष्ठले बलात्कार प्रयास गरेको युवतीले बताइन् ।
‘सुरुमा आदित्य, समीर र म भएर खाजा खायौं, त्यसपछि उनीहरुले रक्सी खाए, मलाई पानीमा राखेर खुवाएछन्, होटलको तल्लो छिँडीमा पुर्याएर मलाई रक्सी खान दिए, एकैपटकमा एक गिलास रक्सी खाएदिएपछि बेहोसजस्तै भएछु,’ युवतीले भनिन्, ‘त्यसपछि आदित्यले आफ्नो ज्याकेट खोलेर मेरो कपडा उतार्न थाल्यो, मैले के गरेको यस्तो भन्दाभन्दै सबै कपडा उतार्यो र केही समय मेरो शरीरमाथि खेलिरह्यो ।’
युवतीले भनिन्, ‘कपडा लगाउनसमेत नसक्ने हालतमा थिएँ, उसैले कपडा लगाउँदा लगाउँदै मेरो पूर्वप्रेमीको फोन आयो, आदित्यले उठाउन दिएन र काटिदियो ।’ लगत्तै समीर आएर मेरो शरीरमा खेल्न थाल्यो । मैले मामाजस्तो मान्छेले के गर्न लाग्या भन्दै ठेलिदिएपछि ऊ च्पचाप बस्यो ।’ चिच्याएँ, रोएँ, कराएँ, मैले चिनेका मान्छेलाई फोन गर्न लाग्दै थिएँ, उसैले मोबाइल खोसेर लग्यो,’ उनले भनिन् । प्रहरीले पीडित युवतीले दिएको ठाडो उजुरीको आधारमा शुक्रबार बलात्कार अभियोग लागेको आदित्य र समीरलाई पक्राउ गरि अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थपेको छ ।
बलात्कारपछि युवतीलाई आदित्यले घरमा ल्याएर छाडिदिएपछि मात्रै घटनाबारे खुलेको परिवारले जानकारी दिए । ८ माघमा पाँचखल प्रहरी चौकीमा दिएको उजुरीका आधारमा प्रहरीले दुवै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पठाएको एसपी पूजा सिंहले जानकारी दिइन् । पीडित युवतीको प्रसुतिगृहमा स्वास्थ्य परिक्षण गरिएको छ । आजको आस्था लेख्छ ।
युवतीको फेसबुकमार्फत ग्वार्को घर भएका एक युवकसँग प्रेम परेको भए पनि भेटघाट कहिल्यै हुन सकेको थिएन । त्यही मौका छोपी आदित्यले युवतीको नम्बर पत्ता लगाएर पटक–पटकको फोन र एसएमएसपछि प्रेम गर्ने बताइएको हो ।
Post a Comment