६० सेकेन्ड सर्ट फिल्म फेस्टिबलको अवार्ड 'अमूर्त'लाई

काठमाडौं, माघ १४ - साठी सेकेन्ड सर्ट फिल्म फेस्टिबलको अवार्ड 'अमूर्त' नामक चलचित्रले जितेको छ ।

अधिकारका लागि सञ्चार इन्टरफेस नेपालले आयोजना गरेको फेस्टिबलमा विभिन्न विधाका ६५ वटा ६० सेकेण्डका फिल्महरु देखाइएको थियो । अवार्ड विजेता अमुर्तका निर्देशक गोपाल त्रितालले नगद २५ हजार रुपैयाँ पनि हात पारे ।

यसैगरी डायमण्ड उप्रेतीले तयार पारेको 'चुङ्गी' चलचित्र दोस्रो हुँदै १५ हजार रुपैयाँ पाएका छन् । तेस्रो भएको चलचित्र 'टक्सिस टेररिजम' बनाएका हिरन श्रेष्ठले १० हजार जितेका थिए ।

६५ वटै मध्य जुरी अवार्डबाट  'लाइफ फाइल' का निर्देशक दिकेश खड्गी शाहीले जितेका छन् भने सर्वाधिक भोट पव्लिक च्वाइस अवार्डबाट 'एक सोंच'ले पुरस्कार पाएको छ । जुरी अवार्ड र पव्लिक च्वाइस अवार्ड जित्नेले पनि नगद १० हजार पाएका थिए ।

आफू वरपरका समसामयिक विषयलाई लिएर युवालाई लक्षित गरि आयोजना गरिएको फेस्टिवलकालागि गत पुस १६ गते सम्म फिल्म बुझाउन आग्रह गरिएको थियो ।

फेस्टिबलको निर्णायक मण्डलमा बरिष्ठ चलचित्र निर्देशक नीर शाह, महानायक राजेश हमाल, कलाकार सुजन चित्रकार, बैंकर रविना देशराज श्रेष्ठ र चलचित्र समिक्षक दिपेन्द्र लामा थिए ।

इन्टरफेस नेपालका कार्यकारी निर्देशक दिलभूषण पाठकले समाजमा रहेका युवाहरुलाई सृजनशील काममा लगाउन पनि संस्थाले यस्तो काम गरेको बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget