January 29, 2015
काठमाडौं, माघ १५ – हिरासतमा रहेका मोडल सहाना बज्राचार्य र सुरज गिरिले २० मिनेटसम्म अश्लिल गाली गरेको खुलाशा भएको छ ।
विज्ञापन तथा म्युजिक भिडियो बनाउने कम्पनिका सञ्चालक हर्षबर्धन साहनीलाई उनीहरुले २० मिनेट सम्म अश्लिल शब्द प्रयोग गरी गाली गलौज गरेको महानगरिय प्रहरी परिसर हनुमानढोकाका डिएस्पी दिनेश आचार्यले रातोपाटीसँग बताए ।
बुधबार बेलुका पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यलयले हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ ।
विहिबार उनीहरुलाई जिल्ला प्रशासन कार्यलयमा हाजिर गराइएको थियो ।
एसएसपी उत्तम कार्कीका अनुसार उनीहरुलाई सार्वजनिक अपराधमा मुद्दामा कार्वाहि अगाडी बढाइएको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानकै क्रममा पीडित साहनीले दाबी गरे अनुसार गालीगलौज गरेको पाइएको हो ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.