पदक पाएको एक दिनपछि गोर्खा सैनिकको कस्मिर भिडन्तमा मृत्यु -

कस्मिर, माघ १६ – गोर्खा सैनिकका कर्नेल एम एन राईको कस्मिरको दक्षिणी पुलवामा जिल्लामा विद्रोहीहरुसँगको भिडन्तमा निधन भएको छ । गणतन्त्र दिवसका दिन युद्ध सेवा पदक पाएका राईको त्यसको ठीक एक दिनपछि दोहोरो भिडन्तमा उनी मारिएको भारतीय मिडियाले जनाएको छ ।
पत्रकारहरुसँग कुरा गर्दै राईका बुवाले आफ्नो कान्छो छोरा ‘सरल र निष्ठावान’ भएको बताए । राईको परिवारमा पत्नी प्रियंका तथा तीन छोराछोरी रहेका छन् । जसमा जेठी छोरी अल्का (११), रिचा (८) र आदित्य (६) रहेका छन् ।
उत्तर प्रदेशको गाजिपुरमा बस्दै आएका कर्नेल राई तीन दाजुभाई मध्ये कान्छा थिए । उनका जेठा दाजु लेफ्टिनेन्ट कर्नेल डि एन राई पनि गोर्खा रेजिमेन्टमा नै रहेका छन् भने माइला दाई वाई एन राई सिपीआरएफमा रहेका छन् । माइला दाई पनि सन् २००२ मा जम्मुको एक अपरेसनका बेला गोली लागेर घाइते बनेका थिए ।
निकै हँसिलो स्वभावका एम एन राई आफ्नो साथीभाईहरुसँग ‘पप्पु’ नामले चर्चित रहेको मेजर सञ्जय तनवरले बताए । दुवैको भेट १८ वर्ष अघि भएको थियो ।
‘एक पटक ट्रेनिङको दौरान हामीलाई २० केजीको भारी र एउट राइफल बोकाएर लामो दुरी कुद्न लगाइयो,’ विगतका कुरा सम्झदै तनवरले भने, ‘हामी सबै तिर्खाले लखतरान भयौं तर उनी आफ्नो ब्यागसँगै अन्य दुई जनाको ब्याग बोकेर दौडिरहे ।’
डिभिजन कमाण्डरसहति चार जना हिजबुल आतंकवादीहरुलाई मार्न र ९ जनालाई पक्रन मुख्य भूमिका खेलेका राईलाई युद्ध सेवा मेडल प्रदान गरिएको थियो ।
उनको अन्तिम संस्कार दिल्लीमा बिहिबार गरिएको थियो । उक्त अवसरमा आर्मी चिफ जनरल दलविर सिंहसहित उच्च पदस्त अधिकारी लगायत राईका परिवारको उपस्थिति रहेको थियो ।
भिडियो हेर तल क्लिक गर्नुहोस :

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget