उसिनेको अण्डालाई फेरि काँचो बनाउन सकिने !

लण्डन– उसिनेको अण्डालाई फेरि त्यसको पूर्व अवस्थामा अर्थात् काँचो बनाउनका लागि वैज्ञानिकहरु सफल भएका छन् । यो प्रक्रियाले क्यान्सरको उपचार, बायोटेक्नोलोजी, थुप्रै मात्रामा खाद्यपदार्थ उत्पादनमा सहयोग पुर्याउने बताइएको छ ।   अमेरिका तथा अष्ट्रेलिया सरकारले लगानी गरेको सो अध्ययनका मुख्य लेखक ग्रेगरी वीसको तर्फबाट समाचार पत्र ‘द इन्डिपेन्डेन्ट’ ले भन्यो, ‘हो, हामीले कुखुराको अण्डालाई त्यसको पूर्व स्थितीमा ल्याउने तरिकाको विकास गरेका छौँ ।’  
उमालेको अण्डाको सेतो भाग प्रोटिन हुने गर्दछ जसलाई कुनै पनि हालतमा त्यसको पूर्व स्थितीमा ल्याउन नसकिने पूर्व मान्यता रहिआएको थियो । पत्रिकाका अनुसार, वैज्ञानिकहरुले अण्डालाई पूर्व स्थितीमा ल्याउने र प्रोटिनलाई अलग गर्ने तरिका पत्ता लगाएको छ । उमालेको अण्डालाई फुटाउनका लागि यूरियाको प्रयोग गरियो र त्यसपछि त्यसमाथि उच्च क्षमता भएको मेसिन ‘वोर्टेक्स फ्लुड’ उपकरणको प्रयोग गरियो फलस्वरुपः प्रोटिनलाई आफ्नो पूर्व अवस्थामा ल्याउन सफल भएको बताइन्छ ।   यो प्रक्रियाबाट प्राप्त प्रोटिनको प्रयोगले विभिन्न वैज्ञानिक एवं निर्माण प्रक्रियामा क्रान्तिकारी परिवर्तन ल्याउन सकिने वैज्ञानिकहरुको ठहर छ । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने, यस्तो प्रक्रियाबाट प्राप्त प्रोटिनले क्यान्सर जस्तो गम्भीर रोगका लागि ‘एन्टीबडी’ को निर्माण गर्न सकिनेछ, जुन निकै सस्तो हुने बताइएको छ । यो अध्ययनको प्रायोजन अमेरिकाको नेशनल इन्स्टिच्युट अफ जनरल मेडिकल साइन्सेज तथा अमेरिकाको रिसर्च काउन्सिलद्वारा गरिएको हो । यो अध्ययन पत्रिका ‘केमबायोकेम’ मा प्रकाशित भएको थियो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget