वास्तवमा शरिरमा कुनै खास चिजको कमी हुँदा यस्तो तिव्र इच्छा जाग्दछ। यस्तो समयमा कुनै उटपटांग चिज खानु भन्दा यस्तो संकेतहरु प्रति ध्यान दिने गर्नुहोस्।
जब चकलेट खाने मन हुन्छ,
चकलेटमा म्यागनेसियम हुन्छ। यो खनिजले शरिरमा ताकतको संचार गर्दछ र रक्तनलीहरुलाइ रिल्याक्स गराउछ।
यस्तो अवस्थामा बिना चिनीको डार्क चकलेट(गाढा खैरो रंगको चकलेट)को सानो टुक्रा खाने गर्नुहोस। अझ यसको सट्टा मेवा वा केरा खाने गर्नुहोस्, जसमा म्याग्नेसियम धेरै मात्रामा पाइन्छ।
जब मैदाबाट बन्ने खानेकुरा खाने मन हुन्छ,
ब्रेड, बर्गर वा पिज्जा आदि अधिक खाने गर्नाले वजन बढ्नुको साथसाथै रगतमा सुगरको मात्रा पनि बढ्ने हुन्छ। यस्तो कुरा खाने मन हुनु भनेको शरिरले अमीनो एसिडको माग गरेको हो भन्ने बुझ्नुपर्छ।
यस्तो अवस्थामा ब्रेड, बर्गर वा पिज्जाको सट्टा मेवा, अझ बदाम, ओखर, अण्डाको सेतो भाग, ग्रील्ड गरिएको माछा वा चिकेन खाने गर्नुहोस।
जब कफि खाने मन हुन्छ,
कफि खाएर भर्खर सक्नुभयो, तर फेरि पनि कफिको तलतल लागिरहेको छ भने जान्नुहोस कि तपाइको शरिरले उर्जा खोजिरहेको छ, तपाइलाइ आराम चाहिएको छ।
यस्तो अवस्थामा कागती पानी पिउनुहोस। कुनै अमिलो फल खानुहोस, जसले तपाइमा ताजगी ल्याउछ। भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.