लाज लाग्ने अंगमा कुकुरले टोकेपछि…

देखाउन र भन्न नै लाज लाग्ने ठाउँमा टोकेको छ । व्यथा केही छैन, तर बहुलाएर मर्ने खतरा छ’, ५० वर्षीय भदइन अहिर यादवले भने, ‘सूई नलगाई हुँदैन भन्छन । त्यसैले अस्पताल आएको हजुर ।’


गोटिहवा गाविसमा रहेको ससुराली गाउँमा गएको बेला बिहीबार विहान खेतमा दिसा बस्दै गर्दा कुकुरले गोप्य अंगमा टोकेकोपछि उपचारकालागि कपिलबस्तु अस्पतालमा पुगेका फुलिका गाविस निवासी यादवले डाक्टरसामू यसरी आफ्ना कुरा राखे ।

दिसा बसेको ठाउँमा उनको गोप्य अंग टोकेको कुकुले त्यसअघि उनकै सालाकी ७ वर्षीय छोरी साधना यादवलाई पनि दिसा बसेकै ठाउँमा बायाँ हात र चाकमा टोक्यो । गाउँका अन्य चारजनालाई पनि केहिदिन अघि सोही कुकुरले टोकेको थियो । धेरै स्थानीयलाई चोट लागेपछि रिसले आगो भएका गाउँलेले त्यो कुकुलाई कुटीकुटी मारे ।

तराईमा धेरै मानिसहरु ठाउँमा दिसा गर्न बस्ने क्रममा कुकुरले टोक्ने र सर्पले डस्ने गरेका घटना दोहोरिने गरेका छन् ।

एउटै कुकुरले टोकेर यादव परिवार मात्रै पीडित थिएनन् । स्वास्थ्यकर्मीले यादवको चेकजाच गर्दागर्दै हतारहतारमा बाबुको सहारामा सोमडिह सुल्तानपुरका ८ वर्षीय रामकेश मुराऊ दायाँ खुट्टा झुण्डाउदैं अस्पताल आईपुगे । ‘टोक्ने गाउँकै कुकुर हो, अरु तीनजनालाई पनि टोकिसकेको छ । अहिले त्यो ज्यूँदै छ’, उनका बुवालले भने ।

कपिलवस्तुमा मानिस टोक्ने कुकुरको विगविगी छ । बिहीबारै दोहोनीका ५० वर्षीय पूर्णवासी पासवान र निग्लीहवाकी ३० वर्षीय सविरा खातुनसहित जिल्लाभरका २७ जनालाई २० वटा कुकुरले टोकेको छ । कपिलवस्तु जिल्ला अस्पतालको आकस्मिक कक्षका अहेव सुवास यादवका अनुसार बुधवार एकैदिन ५२ जनालाई कुकुरले टोकेका मानिस आएका थिए । एकै पटक धेरै गाउँले सुई हान्न आएपछि एन्टीरेविजको ९० भाएल सूई सकिएको थियो ।

कुकुरले टोकेका घाईतेहरुको उपचार गर्दागर्दै थकित भएको डा. प्रणम जैरले बताए । ‘मलाई कुकुरले टोकेका मान्छे चेकजाच गर्ने एकजना सहायक स्वास्थ्यकर्मी दिनुपर्यो ,’ अस्पतालको ईमरजेन्सी कक्षमा आएर डा.जैरले ईन्चार्जसँग भने, ‘नत्र भने खोप कार्यक्रम बन्द गरौं ।’

प्रत्येक दिन कुकुरले टोक्यो आउने मान्छेका कारण चिकित्सकहरु हैरान छन् । केन्द्रबाट मगाएको औषधी दुईतीन दिनमै सकिने गरेको छ । कोही विरामीले त पुरा डोज सुई पनि लाउन पाउँदैनन् । ‘कुकुर मरेन र बहुलाएको रहनेछ भने डराएर खोप बढी लाउँदो मान्छे नै बहुलाउँछ’, डा. पोमावती थापाले भनिन्, ‘ईन्जेक्सन लगाउँदा पनि खतरा छ, नलगाउँदा पनि मानिसको ज्यान जोखिमा पर्ने अवस्था छ ।’

कुकुरलाई दुईहप्तासम्म निगरानीमा राख्न नसकी मान्छेहरु डराएर सुई लगाउन आउने क्रमले अस्पतालमा भीड बढेको हो । ‘एन्टिरेविजको सुई लगाएपछि सुरक्षित हुने सोच छ । तर असर नदेख्दैं लगाउँदा खतरा बुझदैनन्’, यादवले भने, ‘सरकारले निःशुल्क दिएकाले लगाउनै प¥यो भन्ने दबाबमा काम गर्नुपर्छ ।’

टोकेको घाउको अवस्था र कुकुरको नजरका आधारमा एकजनालाई पाँच पटकसम्म पाँच भाईल एन्टीरेविज ईन्जेक्सन औषधी आवश्यक पर्ने स्वास्थ्यकर्मीले बताए ।

पहिलो ईन्जेक्सन दिएपछि दोस्रो तिनदिनमा, त्यसपछि पाँचदिन र सातदिनको फरकमा र अन्तिम पाँचौ डोज १५ दिनको अन्तरले एकमहिनाको अवधीमा डोज पुरा गर्नुपर्ने नियम रहेको छ ।

जिल्लाका अन्य कुनैपनि सरकारी स्वास्थ्य संस्थाहरुमा यो सेवा उपलव्ध छैन । तौलिहवा अस्पताल एक्लैले यो समस्या थेग्नुपर्छ । जिल्लामा सोमबार मात्रै मेडिकल स्टोर बुटवलबाट ३ सय भाएल आएको थियो ।

साढे छ महिनामा ७७ जनालाई कुकुरले टोकेको छ । गतवर्ष दुईहजार दुईसय ५१ जनालाई र अघिलो वर्ष दुई हजार एकसय ३७ जनाले अस्पतालबाट एन्टिरेविज ईन्जेक्सन लगाएका छन् ।

कपिलवस्तुमा भूूस्याहा कुकुरको विगविगी छ । वर्षेनी कुकुरले बच्चा पाएर सडकमै हुर्कने गरेका छन् । घरको वफादार कुकुरलाई हेरचाह नगरी सडकमा छाडिदिँदा रिसाएर टोक्दै हिँडने गरेकाले व्यवस्थापनमा चुनौति देखिएको पशु सेवा कार्यालयका अधिकृत अव्दुल मुलमानले बताए ।

यो समाचार अन्नपुर्ण पोष्टको हो



भिडियो हेर तल क्लिक गर्नुहोस :

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget