झापा ।
झापामा एक ब्यक्तिले श्रीमतीले आफुसँग यौन सम्पर्क राख्न नमानेको भन्दै मुड्कीले हानेर उनको हत्या गरेका छन् । जिल्लाको कन्काई नगरपालिका ७ सुरुङ्गा चप्रामारीका २७ वर्षिय उमानाथ गहतराज विश्वकर्माले २३ वर्षया मन्जू गहतराजलाई मुड्कीले हिर्काएर हत्या गरेका हुन् ।
यौन सम्पर्क गर्न नमानेकै कारण श्रीमतीको हत्या गरेका उमानाथलाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाले पक्राउ गरेको छ ।
कालगतीले मृत्यु भएको भनि कन्काई नदीमा दाहसंस्कार गर्न लागिएको प्रहरीेले उमानाथलाई पक्राउ गरेर लास जलाउन नदिइ अनुसन्धान गर्दा यस्तो रहस्य खुलेको हो ।
मन्जूका माईतीपक्षले उजुरी गरे पछि दाहसंस्कार गर्न लागिएको शव परीक्षणका लागि मेची अञ्चल अस्पताल पुर्याइएको थियो ।
प्रहरी नियन्त्रणमा रहेका उमानाथले राती आवेशमा आई छातीमा मुड्कीले हानेको र घट्ना स्थलमानै उनको मृत्यु भएको बताएको प्रहरीले जनाएको छ ।
प्रहरीसंगको बयानमा उमानाथले राती आफुले यौन सम्पर्क गर्न खोजेपनि श्रीमतीले नमानेपछि आवेशमा छातीमा मुड्कीले हान्दा ओछ्यानमै ढलेर मृत्यु भएको बताएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.