एमाओवादी अध्यक्ष एवं मोर्चा संयोजक पुष्पकमल दाहाल । फाइल तस्विर : ईकान्तिपुर
काठमाडौ, माघ १४ - एमाओवादी नेतृत्वको १९ दलीय मोर्चाले शनिबार डाकिएको प्रस्ताव समितिको बैठक बहिष्कार गर्ने निर्णय गरेको छ । विपक्षी मोर्चाको विरोधका बाबजुत पनि ११ गतेको संबिधानसभा बैठकमा सभाध्यक्ष सुबासचन्द्र नेम्वाङले समिति गठनको प्रस्ताव पेश गरेका थिए ।
सभाध्यक्षले प्रस्ताव पेश गरेपछि आन्दोलित विपक्षी मोर्चाले सभाध्यक्षलाई असहयोग गर्ने घोषणा गरेका थिए । सभाध्यक्षलाई असहयोग गर्ने रणनीति अन्तर्गत नै प्रस्ताव समितिको बैठक बहिष्कार गर्ने निर्णय गरिएको एमाओवादी नेता अग्नी सापकोटाले बताए ।
प्रक्रियामा गएर संबिधान बनाउने सत्तापक्षको निर्णय विरुद्ध तीन महिने आन्दोलन कार्यक्रम घोषणा गरेको विपक्षी मोर्चाले फागुन १६ गते राजधानीमा विरोध सभा आयोजना गर्ने भएको छ ।
फागुन १६ सम्म सभाध्यक्षलाई असहयोग गरिने नेता अग्नी सापकोटाले बताए ।
Post a Comment