दाङ, माघ १७ – रोल्पमा गोली हानेर श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आपसी विवादका कारण हिजो दिउँसो श्रीमतीको हत्या गर्ने जिल्लाको ह्वामा गाविस ८ ह्वामा निवासी ३३ बर्षका श्याम बा“ठामगरलाई भरुवा बन्दुकसहित शनिबार नियन्त्रणमा लिएको रोल्पाका प्रहरी प्रमुख एव्म प्रहरी नायब उपरिक्षक नविन राईले जानकारी दिएका छन् ।
लामो समय देखी अत्याधिक मदिर सेवन गर्दै आएका श्रीमान बा“ठामगरले २९ बर्षीया श्रीमती जसमताको हत्या गरेका हुन् । श्रीमतीले आफनो अर्कै बुढो भएको बताए पछि हत्या गरेको उनले प्रहरीलाई बयान दिएका छन् ।
प्रहरीले कर्तव्यज्यान र हातहतियार खरखजना सम्बनिध मुद्दा चलाउने प्रहरी प्रमुख राईले जानकारी दिएका छन् । यसैविच आजै प्रहरीले पक्राउ परेको उनलाई पत्रकार सम्मेलनको अयोजना गरी सार्वजनिक गरेको छ । श्रीमतीको हत्या गरी श्रीमान पनि जेल पर्ने भए पछि ३ बालबालीकाहरु अब बिचल्ललीमा पर्ने स्थानीयले बताएका छन् ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.