तर यदि तपाईंकी प्रेमिकाले तपाईंसँग राम्रोसँग कुराकानी गर्न पनि छोडिसकेकी छिन् भने ‘दालमे कुछ काला हे’ भन्ने सम्झनुहोस् । यदि तपाईंले आफ्नो केहि भावनाहरु उनीसमक्ष सेयर गर्नुहुन्छ र उनीभने त्यसबाट पार पाउने बहाना खोज्छिन् भने केहि न केहि गड्बडी त पक्कै छ भन्ने बुझ्नुहोस् । उनको अपरिचित साथीको आगमनः तपाईंकी प्रेमिकाले तपाईंलाई धोका दिइरहेको थाहा पाउने एउटा सजिलो तरिका उनको अपरिचित साथीको आगमनलाई पनि लिन सक्नुहुन्छ । उनले ती व्यक्तिलाई आफ्नो अफिसको साथी अथवा आफ्नो पुरानो साथीको संज्ञा पनि दिन सक्छिन् । उनले उक्त व्यक्तिसँगको सम्बन्धलाई लुकाउन चाहन्छिन् र उनको बारेमा तपाईंलाई केहि पनि बताउन चाहन्नन् । यसको कारण पत्ता लगाउन तपाईंलाई पिएचडि गर्न आवश्यक छैन । उनले सानो–सानो प्रश्नको उत्तर दिन पनि हिच्किचाउँछिन्ः यदि तपाईंकी प्रेमिकाले तपाईंले सोध्नुभएको सानो–सानो प्रश्नको उत्तर दिन हिच्किचाउँछिन् भने उनलाई शंका गर्न थाल्नुहोस् । उत्तर दिनुको साटो तपाईंले सोधिएको प्रश्नमा रक्षात्मक तरिकाले झर्किनुहुन्छ भने उनले तपाईंसँग केही र कोही लुकाउन खोजेको बुझ्नुहोस् । तपाईंलाई छोडेर अरुलाई नै प्राथमिकता दिन थाल्छिन्ः जब उनले तपाईंलाई प्राथमिकता नदिई अरु कसैलाई भेट्न जाने गरेकी छिन् भने पहिले त्यसको भित्रि कुराहरु बुझ्नुहोस् । यदि उनले बारम्बार यसो गरिरहेकी छिन् भने चाँहि तपाईंले सोच्ने बेला आएको छ । उनी एक्लै काम गर्न थाल्छिन्ः प्रमिकाले धोका दिइरहेको थाहा पाउने सबैभन्दा सजिलो तरिका उनले गर्ने काम बारेमा पत्ता लगाए पुग्छ । पहिला सानो–सानो काम गर्न पनि तपाईंको सहयोग चाहिने उनले अब ठूला कुराको निर्णय पनि आफैँ लिने गरेको पाउनु भयो भने उनले अब तपाईंको हात नथाम्ने बुझ्नुभए हुन्छ । आफ्नो दैनिकी बारेमा बताउन नचाहनुः सम्बन्धको सुरुवाती अवस्थामा कतिबेला खाएको, सुतेको, टिभी हेरको सबै बताउने तपाईंकी प्रेमिकाले यदि अचानक उनले के गरिरहेकी छिन् भनेर सोध्दासमेत जानकारी दिन छोडेकी छिन् भने केहि त पक्कै छ भनेर बुझ्नुहोस् । उनले केहि कुरा तपाईंबाट लुकाउन खोज्दैछिन् भने उनले तपाईंलाई धोका दिइरहेकी छिन् भनेर बुझ्दा फरक नपर्ला ।
साथीहरुको भिन्न व्यवहारः यदि तपाईं र तपाईंकी प्रेमिका आफ्ना साथीहरुसँग कतै घुम्न निस्कनु भएको छ र उनको साथीहरुको व्यवहार तपाईंप्रति सधैँ भिन्न रहने गरेको छ भने थाहा पाउनुस् कि उनको साथीहरुलाई थाहा भएको कुरा तपाईंलाई थाहा छैन । तपाईंसँग हुँदा उनको फोन पटक–पटक बज्ने गरेको छ भने पनि यसको संकेत अरु केहि नै भएको बुझ्नुहोस् । उनले पटक–पटक तपाईंको परिवारबाट आफूलाई अलग्गाउँछिन्ः यदि तपाईंकी प्रेमिका तपाईंको परिवारमा भएको कार्यक्रममा सरिक हुन रुचाउँदिनन् र तपाईंको साथीहरुसँग पनि राम्रो व्यवहार गर्न छोडेकी छिन् भने उनले तपाईंलाई धोका दिइरहेको सम्झनुहोस् । सानो सानो कुरामा पनि विवाद गर्नुः
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.