February 1, 2015
नेपाल सन्देश डेस्क, काठमाडौं । संविधानका विवादीत विषयमा प्रश्नावली बनाउने प्रस्ताव समितिले काम
थालेसँगै एकीकृत नेकपा माओवादी र उस्को अध्यक्ष पुष्पकमल दाहाललाई पर्नु पीर परेको छ ।
अध्यक्ष प्रचण्डले आफुहरुको बिरोध रहेसम्म प्रस्ताव समितिले काम नगर्ने अनुमान लगाएका थिए । तर, अनुमान विपरित काम हुन थालेपछि एमाओवादी आन्तरीक रणनीतिमा लागेको छ ।
आज उस्को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठकमा सत्तारुढ दलले थालेको प्रश्नावली निर्माणपछिको अवस्था र आफूहरुको माग र पार्टीको भूमिका, आफूहरुले थालेको आन्दोलन लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
सत्तारुढ दलहरुसँग संविधान जारी गर्न आवश्यक दुई तिहाई मत रहेकाले पनि थप रणनीति बनाएर दुई तिहाईले संविधान बन्न नदिने तयारी पनि एमाओवादीको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.