अाज मिति: २०७१ माघ १२ गते सोमबार, हेर्नुहोस तपाईको आज कस्तो छ त ?
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अपरिश्रम बढ्नेछ। कार्यमा ढिलासुस्ती हुनेछ। आम्दानीमा सन्तुष्टि मिल्ने छैन। खानपानमा विचार पुर्याउनुहोला।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वोस्फूर्ति बढ्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। मित्रको आगमनले मन प्रसन्न हुनेछ। जागिरमा पदोन्नतिको योग छ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हाव्यापार व्यवसायमा अवरोध हुने देखिन्छ। जागिरमा स्थायित्व हुनेछ। आपसी सद्भाव बढ्नेछ। धार्मिक कार्यमा आस्था बढ्नेछ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डोअध्ययनमा प्रगति हुनेछ। साहित्यमा रुचि बढ्नेछ। सभा सम्मेलनमा सहभागी हुनुपर्नेछ। यात्राका योजनाहरू बन्नेछन्।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टेउत्साह बढ्नेछ। कार्यमा व्यस्त हुनुपर्नेछ। धार्मिक यात्राको योग छ। नयाँ योजना बन्नेछन्। स्वास्थ्य समस्याले सताउन सक्छ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पोराजनीतिक क्षेत्रमा आलोचना सामना गर्नुपर्ला। दाम्पत्य जीवनमा सकारात्मक भावको विकास हुनेछ। स्वास्थ्यमा खर्च बढ्नेछ। व्यापारव्यवसाय सामान्य रहनेछ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, तेमांगलिक कार्यमा सहभागी हुनुपर्नेछ। आकस्मिक धनलाभ हुने योग छ। सभासम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, युसन्तानबाट सुख मिल्नेछ। पेसाव्यवसायबाट प्रशस्त लाभ मिल्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भेन्यायिक कार्यमा सफलता मिल्नेछ। खर्चिलो योजना बन्ने योग देखिन्छ। कुलकुटुम्बसँग सुमधुर सम्बन्ध हुनेछ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गिस्वास्थ्यमा सुधार हुनेछ। सांस्कृतिक कार्यमा योगदानको सम्मान हुनेछ। प्राविधिक क्षेत्र सबल रहनेछ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दामित्रबाट सहयोगका सम्भावना खुल्नेछन्। लेखन र कला क्षेत्रमा सुधार आउने देखिन्छ। नयाँ योजनाहरू बन्नेछन्।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चिवैचारिक मतभिन्नता उत्पन्न हुनसक्छ। वैदेशिक व्यापार व्यवसायमा समस्या देखा पर्नेछन्। साहित्यिक कार्य प्रभावकारी रहनेछ।
Post a Comment