सभाध्यक्ष विरुद्ध यस्तो बन्दैछ प्रचण्डको विरोधको कार्यक्रम

काठमाडौं । आफुहरुको बिरोधका बीच पनि संबिधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रश्नावली समिति गठनको प्रस्ताव सभामा पेस गरेपछि माओवादी नेतृत्वको ३० दलीय मोर्चाले नयाँ रणनिति बनाउने भएको छ ।
सभाअध्यक्षले प्रस्ताव पेश गरेर महाभुल गरेको बताएको मोर्चाले आज सरकार बिरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारि गरेको छ । माओवादी संसदीय दलको कर्यालय सिंहदरबारमा दिउँसो २ बजे गठबन्धनको बैठक पछि नयाँ रणनिति तय गर्ने गठबन्धनको घटक सद्भावनाका सहअध्यक्ष लक्षमणलाल कणले जानकारि दिए ।
आफुहरुले होहल्ला र अवरोध गरेपनि संबिधानसभाले प्रश्नावली प्रस्ताव निमार्ण समिति गठन गरेपछि गठबन्धन रणनिति तय गर्न छलफलमा जुट्न लागेको हो ।
गठबन्धनले देशभर प्रतिकात्मक बिरोध कार्यक्रम सार्वजनिक गर्ने तयारि समेत गरेको छ । प्रतिपक्षि दलहरुले सभाध्यक्ष नेम्वाङले चलाएको कदम नसच्चाएसम्म कुनै पनि बाचर्ममा नबस्ने निणर्य गरिसेको छ ।
गठबन्धनले संबिधानसभा अध्यक्षले आफ्नो तटस्थता, गरिमा, ओज र सम्मान लत्याएर काग्रेंस एमालेको कार्यकर्ता जस्तो चालेको कदमले देशलाई द्धन्द्ध र मुठभेडको दिशामा धकेल्न सत्तारुढको निहित स्वार्थ अनुसार काम गरेको आरोप समेत लगाएको छ ।
nepalsandesh.com  बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget